राजधानीको क्यासिनोमा गैरकानुनी हुन्डी
काठमाडौं । राजधानी हाल सञ्चालनमा रहेका केही क्यासिनोले हुन्डीको धन्दा चलाउँदै आएको पुष्टि भएको छ । यसरी गैरकानुनी रूपमा हुन्डी कारोबार गर्नेमा चर्चित र नाम चलेका क्यासिनोहरू नै रहेको बताइन्छ ।
अझ खतरनाक कुरा त केही क्यासिनोले हुन्डीसँगै अवैध रूपमा अनलाइन जुवासमेत खेलाउँदै आएका छन् । हुन्डीको धन्दा चलाउनेमा सोल्टी होटेलमा रहेको क्यासिनो माजोङ सबैभन्दा अगाडि रहेको छ ।
यता अनलाइन जुवा भने होटल ¥याडिसनले चलाउँदै आएको क्यासिनो ¥याडले गराउँदै आएको छ । प्रचलित कानुनअनुसार नेपालका क्यासिनोलाई अनलाइन जुवा खेलाउने अनुमति छैन । तर, प्रहरीलाई मासिक नजराना बुझाएर क्यासिनो ¥याडले अनलाइन जुवा खेलाउँदै आएको हो । विदेशीलाई मात्र प्रवेश अनुमति रहेका क्यासिनोमा नेपाली प्रवेशलाई प्रहरीले कडाइ गर्नु पनि नाटक मात्र भएको बताइन्छ । कुनै एक दिन छापा मारेर प्रचार गराउने तर वर्षभरि नै सेटिङमै उक्त धन्दा जारी राख्ने काम हुँदै आएको छ । पछिल्लोपटक जुवा खेलाउन क्यासिनो ¥याडले अनलाइन धन्दा सुरु गरेको हो । विदेशमा जुवा खेल्न जाने नेपाली जुवाडेलाई होस् वा विदेशबाट नेपालमा जुवा खेल्न आउने जुवाडेलाई क्यासिनो माजोङले हुन्डीको माध्यमबाट पैसाको व्यवस्थापन गर्दै आएको प्रहरी स्रोतको भनाइ छ । विशेष गरी माजोङले दिल्लीबाट नेपाल जुवा खेल्न आउनेलाई दिल्लीमै कार्यालय खोलेरै रकम जम्मा गर्ने र जुवा जित्नेलाई उतै पैसा उपलब्ध गराउँदै आएको छ । जसको कारण क्यासिनोले कति पैसा जित्यो कति हा¥यो भन्ने रेकर्ड कतै हुँदैन । यो पैसाको बैकिङ कारोबार हुने हो भने देशलाई करोडौं रूपैंयाको राजश्व जम्मा हुन्थ्यो भने अवैध पैसाको कारोबारमा पनि बन्देज हुन्थ्यो ।
यति मात्र होइन, माजोङ क्यासिनोले जुवा खेल्न विदेश जाने नेपालीको पैसाको समेत बन्दोबस्ती मिलाउँदै आएको छ । विशेष गरी सिक्किम जुवा खेल्न जाने जुवाडेको पैसा क्यासिनो माजोङमै जम्मा हुने गरेको स्रोतको दाबी छ ।
माजोङमा पैसा जम्मा भएपछि सिक्कीममा रहेको क्यासिनो माजोङलेले जुवा खेल्न निस्केको जुवाडेलाई झापाको भद्रपुरसम्मको टिकट र भद्रपुर विमानस्थलबाट सिक्किमसम्मको गाडीको व्यवस्थापन गर्दै आएको छ । उता सोल्टी होटलमा रहेका क्यासिनो माजोङका मालिक विनोद श्रेष्ठले यो धन्दा सबैतिर सेटिङ मिलाएर गरेकाले अहिले सबैजना तै चुप मै चुप भएका छन् ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply