भक्तपुरबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेका छन् । सूर्यविनायकबाट कटुन्जे–तीनधारा सडक निर्माण सुरु गरेर प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम सुरु गरेका छन् । सो सडक सांसद महेस बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको विशेष पहलमा सुरु भएको हो ।
भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अब सरकारले बेरोजगारलाई घरैमा पुगेर रोजगारी दिने आश्वासन दिए । प्रधानमन्त्री ओलीले ४० लाख नेपाली युवालाई आफ्नो नेतृत्वको सरकारले विदेश नपठाएको भन्दै उनीहरूलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको दाबी गरे । सरकारले भ्रष्टाचार नगरीकन काम गरिरहेको दाबी गर्दै काममा मात्र विश्वास गर्ने प्रधानमन्त्री ओलीले बताए । उनले यसअघिको सरकारले राम्रो काम नगरेको र अहिलेको सरकारले राम्रो कामहरूको सुरुवात गर्दा विपक्षीले विरोध र डाह गरिरहेको समेत उनले बताए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले भने अनुसार ५ लाख युवालाई जसरी पनि रोजगारी दिने दाबी गरे । उनले अहिले भक्तपुरमा ७ सयजनालाई आंशिक रूपमा रोजगारी दिइएको बताएका छन् । भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजनामा ‘कामका लागि पारिश्रमिक’मा आधारित सामुदायिक आयोजना कार्यान्वयनको बिहीबार शुभारम्भ भएको हो । कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा २ करोड ४६ लाख रुपैयाँ छुट्ट्याएको छ । सूर्यविनायक नगरपालिकाबाट ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply