सशस्त्रमा बढुवा जाम
काठमाडौं । सशस्त्र प्रहरी बलमा प्राविधिक सेवाका बढुवामा जाम भएको छ । प्राविधिक सेवा सञ्चार तथा प्रविधिलगायत क्षेत्रका दरबन्दीहरू लामो समयदेखि रिक्त हुँदा समेत बढुवाको लागि ध्यान नदिएको बताइएको छ ।
बलमा आईजीपीमा शैलेन्द्र खनाल नियुक्त हुनासाथ वर्षौंदेखि रोकिएका बढुवा र सरुवा खोलिएको थियो । सो खोलिएसँगै सिंगो फौजमा वृत्ति विकास हुने आशा जगाएको थियो । हालसम्म अधिकांश पदहरूको बढुवा भइसके पनि प्राविधिकतर्फको बढुवामा जाम भइरहेको बताइएको छ । एउटा प्राविधिक डीएसपी पद खाली भएको एक वर्ष भइसकेको बताइन्छ । २०६७ मंसिर ९ मा इन्सपेक्टरमा भर्ना भएका प्राविधीकहरूको भविष्य अन्योलमा परेको छ । तर, स्वास्थ्यतर्फ भने गत वर्ष नै एक वर्ष जुनियरहरू इन्सपेक्टरहरूको डीएसपीमा बढुवा भइसकेको छ । जसले गर्दा प्राविधीक् इन्जिनियरहरूमा निराशा छाएको बताइन्छ । सशस्त्र मुख्यालयले असार मसान्तसम्म सो बढुवा गरिसक्ने भने पनि बढुवा त्यत्तिकै रोकिएको छ ।
स्मरणीय छ, यही २०७५ मंसिर १३ गते प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा सञ्जयकुमार यादव, सुधीर विष्ट र पृथ्वीन्द्र खनालको बढुवा तथा पदस्थापन भएको थियो । यता प्राविधिक समूहअन्तर्गत सञ्चार तथा इन्जिनियरिङ सेवातर्फको प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा इन्जिनियर प्रमोदकुमार साहलाई भने बढुवा गरिएको थियो ।
मूलतः यी सेवाहरूमा एसपीबाट एसएसपीमा बढुवा भएको, डीएसपीबाट एसपीमा बढुवा भएको, सईबाट इन्सपेक्टरमा बढुवा गरेको तर इन्सपेक्टरबाट डीएसपीमा भने बढुवा नभएको लामो अवधि भएको छ । सो बढुवा भने नियतवश छुटाइएको बताइएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply