पत्रकारहरू पुरस्कृत
काठमाडौं । नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ नेपाल एवं केन्द्रीय बालकल्याण समितिको सहकार्यमा ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘बालसंवेदनशील सामुदायीक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विभिन्न विधाका पुरस्कारहरू वितरण गरेक िहुन् ।
विगत तीन वर्षदेखि प्रदान गर्दै आएको उक्त पुरस्कारमा छापा पत्रकारितातर्फ उपत्यकाबाट प्रकाश सिलवाल र हिमाल लम्साल संयुक्त रूपमा पुरस्कृत भए भने उपत्यका बाहिरबाट खगेन्द्र अधिकारी पुरस्कृत भए । त्यसैगरी रेडियो पत्रकारितातर्फ रमाकुमारी खड्का र रुमा रिजाल, टेलिभिजन पत्रकारितातर्फ धनवीर दाहाल, कोपिला पोखरेल र धनमाया भुसाल तथा बाल कार्यक्रम प्रस्तोतातर्फबाट शोभिता रिसाल र शर्मिला खनाल पुरस्कृत भएका छन् ।
त्यसैगरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल र समितिको सहकार्यमा वितरण गरिएको पुरस्कारबाट रेडियो बाजुरा पुरस्कृत भएको छ ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै मन्त्री थापाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै यसका लागि सञ्चार क्षेत्रले खेलेको भूमिकाको सराहना गरिन् । उनले यस्तो पुरस्कारले पत्रकारहरूलाई बालबालिकाका मुद्दाहरू उजागर गर्न प्रोत्साहित गर्ने भएकाले नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक संघ र केन्द्रीय बालकल्याण समितिले वार्षिक रूपमा यो पुरस्कार प्रदान गर्ने गरेकोमा धन्यवाद व्यक्त गरिन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरूलाई सामाजिक विषयहरूमा लेख्नलाई प्रोत्साहित गर्ने उद्देश्यले महासंघले यस्ता पुरस्कारहरू वितरण गर्ने निर्णय गरेको बताए । महासंघले सीमित निकाय र संस्थाहरूसँग मात्र सहकार्य गरी पुरस्कारहरू वितरण गर्ने गरेको पनि उनले बताए ।
सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुभाष खतिवडाले बाल अधिकार प्रवद्र्धन र सुनिश्चिततामा सामुदायिक रेडियोहरूले खेलेको भूमिका स्मरण गर्दै यस्तो पुरस्कारले सामुदायिक रेडियोहरूको हौसला बढाउने विचार व्यक्त गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बाल अधिकार रक्षाका लागि मिडिया क्षेत्रको अहं भूमिका रहने बताउँदै यसका लागि पत्रकारहरूलाई थप प्रोत्साहित गर्नुपर्ने बताए । त्यसैगरी पुरस्कृत पत्रकारहरूका तर्फबाट छापा पत्रकारितातर्फ पुरस्कृत खगेन्द्र अधिकारी र बाल कार्यक्रम प्रस्तोतातर्फ पुरस्कृत शोभिता रिसालले प्राप्त पुरस्कारले आगामी दिनमा पनि बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्न थप ऊर्जा मिलेको बताए । त्यसैगरी महासंघका सचिव प्रकाश थापाले बालसंवेदनशील विषयमा पत्रकारिता गर्ने पत्रकारहरूलाई थप प्रोत्साहनका लागि पुरस्कारका विधाहरू बढाउनुपर्ने बताउँदै आगमी दिनमा अनलाइन विधा पनि समेट्न जोड दिए ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply