पार्टी एकता, प्रगतिशील रुपान्तरण र जनसंगठन परिचालन
नेपालको संविधानको कार्यान्वयन, संरक्षण र विकास गर्दै नेपाल राष्ट्र शान्तिपूर्ण र वैधानिक बाटोबाट समाजवादी उत्पादन पद्धति निर्माण गर्ने युगीन कार्यभारकासाथ लामो समयसम्म संसदीय संघर्ष र शान्तिपूर्ण जनआन्दोलनबाट विकसित नेकपा (एमाले) र सशस्त्र संघर्षबाट विकसित नेकपा (माओवादी केन्द्र) बीच २०७४ जेठ ३ गते ऐतिहासिक एकता पश्चात नेपाली श्रमजीवीवर्गको अग्रगामी राजनीतिक प्रतिनिधिकारूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्न पुगेको छ । यस पार्टीप्रति नेपालका उत्पीडित वर्ग मात्र होइन दक्षिण एसियाकै शोषित पीडित उत्पीडित जनताको आशा र भरोसा अकासिएको छ । करिव दुईतिहाईको कम्यूनिष्ट पार्टीको सरकार संचालन गरिरहेको यस ऐतिहासिक अवसरमा नेकपाले मूलतः आर्थिक सामाजिक प्रगतिशील रूपान्तरणका लागि निम्न कुरामा ध्यान दिन सक्नुपर्दछ ।
पार्टीको आन्तरिक लोकतान्त्रिकरणमा जोड
पार्टीको आन्तरिक जीवन स्वस्थ नभई पार्टी जति ठूलो भए पनि खासै महŒव रहँदैन । एमालेमा र माओवादीमा रहेका पहिचान भएका विगतका स्वार्थ समूहको पूर्वाग्रहलाई कम गर्दै जाने योजना बनाउनु पहिलो प्राथमिकता हुनुपर्दछ । एकताबद्ध नेकपामा पनि यो या त्यो नाममा स्वार्थ समूहका नामको गुटबन्दी र बहुधु्रवीकरणको प्रवृत्तिहरू देखापर्न थालेका छन् । पार्टीको नेतृत्वदेखि स्थानीय तहसम्म पार्टी उद्देश्य, नीति र सिद्धान्तबाट विमुख हुँदै व्यक्ति र स्वार्थ समूह केन्द्रित अभिव्यक्तिहरू सार्वजनिक हुन थालेका छन् । पार्टी एकता भएको छोटो समयमा नै कार्यकर्ताहरूमा पलायनता, निराशा र निष्क्रियता बढिरहेको देखिन्छ । स्वच्छन्दता, आत्मकेन्द्रित उपभोक्तावादी, अवसरवादी सोच एवं गलत चिन्तन तथा प्रवृति, वैचारिक र सैद्धान्तिक कामप्रतिको पूर्वाग्रह, उदासीनता, अनुशासनहीनता र क्रान्तिकारी आचरण, पद्धति र शैलीमा गम्भीर समस्याहरू देखा पर्न थालेका छन् । नेपाली समाजमा व्याप्त बहिष्करण, शोषण र उत्पीडनविरुद्ध आवाज बुलन्द गर्नुपर्नेमा तमासे र भनसुनमा सीमित हुने, अवसर र पदलाई नै सबैथोक ठान्ने प्रवृत्ति बढेकाले आधारभूतवर्गका जनताबाट टाढिँदै जाने चिन्ताजनक अवस्था देखापरेको छ । पछिल्लो समय पार्टीमा समसामयिक विषयमा तत्काल निर्णय नगर्ने, आएका समस्याहरूलाई तत्काल बैठकद्वारा समाधान नगरी पंछयाउँदै जाने, बैठक आयोजना गर्न ढिलासुस्ती गर्ने, निर्णय गरिहाले पनि त्यसको कार्यान्वयनमा आनाकानी वा ढिलाइ गर्ने तथा गरिएका निर्णयहरूलाई एकताबद्ध भई कार्यान्वयन गर्ने मामलामा गम्भीर समस्या देखा परेका छन् । उपर्युक्त कमजोरीहरूलाई आत्मसात् गर्दै संस्थागत निर्णयहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्न जोड दिनु बुद्धिमानी हुने देखिन्छ । कमरेड माओत्से तुङको भनाइमा क्रान्ति गर्न क्रान्तिकारी पार्टी नै चाहिन्छ ।
सामाजिक रुपान्तरण ः नेकपाको अभियान
ऐतिहासिक जनआन्दोलनले राजनीतिक क्रान्तिको एउटा सन्दर्भ पूरा गरे पनि त्यो अझै संस्थागत हुन सकेको छैन र सामाजिक क्रान्तिको समग्र प्रक्रिया पूरा गर्न अझै बाँकी छ । त्यसो भएको हुनाले समाजवादसम्म पुग्ने सामाजिक क्रान्तिको प्रक्रियालाई पूरा गर्न विचार र सिद्धान्तले सुसज्जित क्रान्तिकारी पार्टी निर्माणको अपरिहार्यतालाई कुनै बहानामा कमजोर पार्न नहुने तथ्यलाई गम्भीरतापूर्वक लिन जरुरी छ । वास्तविकताको विश्लेषण गर्ने हो भने अहिले पार्टी निर्माणको प्रक्रिया लोकतान्त्रीककरणको नाउँमा बुर्जुवाकरणको दिशातर्फ उन्मुख भइरहेको छ । यसका अलावा बिनामापदण्ड पार्टी सदस्यताको वितरण, समावेशीकरण र पहिचानका नाउँमा वर्ग दृष्टिकोण र सिद्धान्तबाट विमुखता, क्रान्तिकारी गुणमा आधारित भन्दा पनि संख्या अनि गुटमा आधारित संगठन, पार्टी र आन्दोलनमा लाग्नुको अर्थ वर्गीय र सामाजिक मुक्तिभन्दा पद र प्रतिष्ठालाई प्रमुखता दिने आमप्रवृतिविरुद्ध राष्ट्रव्यापी अभियान सञ्चालन गरिनुपर्दछ । एउटा कम्युनिष्ठ पार्टी हुनुको नाताले हाम्रो पार्टीले आधारभूत वर्गमा वर्गीय भावनाका साथ पार्टी निर्माण गर्ने र यही पार्टीबाट मात्र जनताको सेवा गर्न सकिन्छ भन्ने विश्वास आमनेपाली जनतामा पैदा गर्न जरुरी छ । सम्पूर्ण नेपाली जनता आज पनि विभिन्न सामन्तवादका अवेशषबाट चक्रव्यूहबाट आक्रान्त हुँदै आएका छन् । परिवर्तित परिस्थितिमा वस्तुवादी ढंगले अध्ययन गर्ने र वर्गहरूको विश्लेषण गरी संघर्षका स्वरूपहरू निर्धारण गर्दै आमजनतालाई नेपाली विशेषताको वर्ग संघर्षको अभियानमा लामबद्ध गर्न सक्नुपर्दछ । आजको दिनमा कृषि क्षेत्रमा रहेको सामन्तवादका अवशेषहरूलाई प्रगतिशील भूमिसुधारमार्फत अन्त्य नगरी सामाजिक–आर्थिक क्षेत्रमा रूपान्तरण सम्भव छैन । आज हामीले जनवाद र राष्ट्रियताको कुरा केही हदसम्म उठाउने गरेको भए पनि जनजीविकाको कुरा र विभेद अन्त्यका कुराहरू उठाउन छाडेका छौं । आधारभूत रूपमा जनवादी क्रान्ति सम्पन्न गरिएको भनिए पनि उत्पीडित दलित समुदायले भोग्दै आएको चरम गरिबी, जातीय छुवाछूत र भेदभाव, महिलाहरूले भोग्दै आएका सबै प्रकारका हिंसा, मुस्लिम, जनजाति, दुर्गम क्षेत्रका जनताका आधारभूत आवश्यकताहरूको सम्बोधन हाम्रो पार्टीले मात्र गर्न सक्दछ भन्ने व्यावहारिक विश्वास हामीले उनीहरूमा स्थापित गर्न सक्नुपर्दछ । त्यसैले अब हामीले राष्ट्रियता, जनवाद र जनजीविकाका सवालमा स्थानीय परिवेश, सन्दर्भ र आवश्यकतानुसार वर्गीय दृष्टिकोणका साथ कार्यान्वयनका लागि राजनीतिक क्रान्ति सम्पन्न भएपछि आर्थिक क्रान्तिकासाथ सामाजिक–सांस्कृतिक क्रान्ति वा रूपान्तरणको व्यावहारिक नीति तथा योजना सार्वजनिक गरिनुपर्दछ । अब हरेक प्रकारले मुलुकलाई सामाजिक–आर्थिक क्रान्ति वा रूपान्तरणको दिशातिर अघि बढाउने बेला भएको छ । तर अझै आर्थिक रूपान्तरणका मुद्दाले जुन प्राथमिकता पाउनु पर्ने हो, त्यो पाउन सकिरहेको छैन । अतः पार्टीलाई माक्र्सवाद, लेनिववाद र जनताको जनवादको सिद्धान्तको जगमा उभिएर क्रान्ति र परिवर्तनको घोषित लक्षमा पु¥याउन एकताबद्ध भई अघि बढ्नुपर्दछ ।
जनवर्गीय संगठनको परिचालन एक अनिवार्य काम
जनवर्गीय संगठनहरू क्रान्तिकारी पार्टीको मूल विचारलाई व्यहारको कसीमा उतार्ने मूल वाहक हुन् । नेपालको सन्दर्भमा वर्ग संघर्ष भनेको दलित, महिला, आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यक, दुर्गम क्षेत्रका जनता, किसान, मजदुर, युवा, विद्यार्थी, पेसागत क्षेत्रलगायतको सामाजिक न्यायसहितको समृद्धिको प्रश्न हो । जसको नेतृत्व र परिचालन जनवर्गीय संगठनहरूले गरिरहेका छन् । त्यसो भएको हुनाले नेपालका आधारभूत वर्गको रूपान्तरणका लागि पार्टीले सो समुदाय तथा वर्गमा आमूल परिवर्तन ल्याउन र सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार गर्न जनवर्गीय संगठनमार्फत जागरण अभियान नै सञ्चालन गर्नुपर्दछ । आज राज्यको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचना परिवर्तनको एजेन्डा बोकेको कम्युनिस्ट पार्टीको सरकारप्रति ठूलो अपेक्षा राख्दै अब ‘केही हुन्छ’ भन्ने आशामा बाँचेको एकजना दलितको जवाफ दलित मुक्ति संगठनले दिन सक्नुपर्दछ । भने निराशाको आँसु बगाउँदै अन्तर्राष्ट्रिय विमानस्थलतिर हिँडेको युवालाई भविष्य सुन्दर छ भन्ने आशा अखिल अनि युवा संगठनले दिन सक्नुपर्दछ ।
जनताको अविकास, गरिबी, अशिक्षा, अस्वस्थता, बेरोजगारी, भ्रष्टाचार, कमज्याला, मुद्रास्फीति, जलवायु परिवर्तनका लागि राज्यकोे समग्र संरचनागत परिवर्तन आवश्यक छ भन्ने करिब सात दशक लामो प्रतीक्षा पूरा गर्न जनवर्गीय संगठनलाई बिनापूर्वाग्रह उनीहरूको कार्यक्षेत्रमा पठाउनुपर्दछ । साथै पार्टीको प्रत्यक्ष निर्देशनमा देशव्यापी र आफ्नो कार्यक्षेत्रमा कुशलतापूर्वक काम सम्पन्न गरेका जनवर्गीय संगठनका नेतृत्व पक्तीलाई विधानको बाटो खोलेर भए पनि एकताको संक्रमणकालीन अवस्थामा विशेष निर्णयका साथ जिम्मेवारी प्रदान गर्नुपर्दछ । देशव्यापी संगठन चलाएका जनवर्गीय संगठनका कार्यकारी जिम्मेवारीमा रहेका अनुभवी नेताहरू अनिश्चितप्रायः रहेको आगामी महाधिवेशनसम्म निष्क्रिय वा पलायन हुने सम्भावना देखिन्छ । सिद्धान्तप्रतिको लगाव र विश्वास, विश्वासका आधारमा कार्यक्रम, कार्यक्रमका आधारमा पार्टी संगठन र पार्टी संगठन बलियो बनाउन जनवर्गीय संगठन परिचालन नगर्दा आर्थिक सामाजिक प्रगतिशील रूपान्तरणको अभियान अपुरो हुनेछ । पार्टी एकताको दोसाँधमा जिम्मेवारीविहिन भएको जनवर्गीय संगठनको वर्तमान नेतृत्वलाई व्यवस्थापन गर्न नसक्दा आधारभूत श्रमजीवीवर्गको विश्वासमाथि कुठाराघात मात्र हुनेछैन, समग्र समाजवाद उन्मुख यात्रालाई नै निराशाको दलदलमा फसाउनेछ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply