अधिकारीलाई विशिष्ट सम्मान
काठमाडौं । थिएटरसम्म पुगेर नाटक हेर्ने दर्शकको क्रेज घटिरहेको अवस्थामा कसरी हुन्छ नेपाली रंगमञ्चलाई जोगाइराख्नुपर्छ भनेर निरन्तर खटेका वरिष्ठ रंगकर्मी ठण्डबहादुर अधिकारी सम्मनीत भएका छन् । चलचित्र निर्देशक समाजले आयोजना गरेको कार्यक्रममा अधिकारी सम्मानित भएका हुन् । किर्तिपुरमा तेजस्वी कला केन्द्र एन्ड मिडियाले ‘स्कुल डान्स च्याम्पियनसिप २०७६ सिजन २’ तथा कलाक्षेत्रका नक्षेत्र वरिष्ठ कलाकारहरूलाई ‘विशिष्ट सम्मान कार्यक्रम २०७६’ सम्पन्न गरेको हो । क्रार्यक्रममा प्रमुख अतिथिका नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का सहभागी थिए । रंगमञ्चको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकाले रंगकर्मी अधिकारी ‘विशिष्ट सम्मान २०७६’बाट सम्मानित गरिएको बताइन्छ ।
सम्मान भएपश्चात् अधिकारीले ‘विस्तारै थिएटरसम्म गएर नाटक हेर्ने दर्शक घट्दै गए पनि नाटकको क्षेत्रमा केही गर्नुपर्छ भन्ने जिम्मेवारी यो सम्मानले बोध गराएको बताए ।
नाट्यकर्ममा पृथक् पहिचान बनाएका रंगकर्मी अधिकारीले दर्जनौं नाटकको निर्देशन गर्नुका साथै अभिनयसमेत गर्नुभएको छ । रंगकर्मी अधिकारीले नाट्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अन्य विभिन्न संघसंस्थाबाट पनि सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।
वरिष्ठ रंगकर्मी अधिकारीले भाउजूको दशा, एकान्त बाटो, इन्द्रेणीको छाया, मनुष्य चोला परिश्रमको धन, वीरबहादुर गोर्खे, नांगो बस्ती, लाहुरेका आत्मकथा, सपनाकै देश नेपाल, दसंै दशाको भाग्य, मंगले खड्कालगायतका नाटक निर्देशन, प्रदर्शन गरिसकेका छन् । ‘आगामी दसैंलगत्तै एउटा राम्रो विषयमा उत्कृष्ट नाटक मञ्चन गर्ने सोंचमा छु । त्यसको तयारीमा लागेको छु,’ उनले भने ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply