भ्रमण वर्ष–२०२० लाई सफल बनाउने प्रतिबद्धता
काठमाडौं । वायु सेवा सञ्चालकहरूले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायु सेवा सञ्चालकहरूका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपाल’का पदाधिकारीहरूसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरूले आफ्ना सरोकार र समस्यासमेत राख्दै सहयोग र सहभागिताको प्रतिबद्धता जनाएका थिए ।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीबारे जानकारी दिँदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालकहरूको तर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षाबारे धारणा राखेका थिए । मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरूलाई नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा विशेष छुट, प्याकेजलगायत कार्यक्रम बनाउन आग्रह गरेका थिए । यसैगरी नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनमा ‘एयर सो’ लगायतका सिर्जनात्मक सहयोग गर्न अनुरोध गरेका थिए ।
वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायुसेवा सञ्चालकहरू सक्रिय भएर सहयोग गर्न प्रतिबद्धता जनाए । उनले संघको तर्फबाट वायुसेवाहरूको समस्या र समधानको विषयमा सुझावसमेत राखेका थिए । । उनले नेपाल भ्रमण वर्ष–२०२० को अवधिभर निषेधित क्षेत्रमा हेलिकोप्टर कम्पनीहरूलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग राखे ।
पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०को बिषयमा छलफललाई तीव्र बनाएका छन् । मन्त्री भट्टराईले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग र मंसिर १९ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दलनिकट जनसंगठनका अध्यक्षहरूसँग नेपाल भ्रमण वर्ष–२०२० को विषयमा छलफल गरेका थिए ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply