वैदेशिक रोजगार पत्रकार समाजमा थापा
काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा रोजगार मिडियाका उद्धवराज भट्टराई, उपाध्यक्षमा रेडियो कान्तिपुरकी इन्द्रलक्ष्मी घिमिरे, महासचिवमा मध्याह्न राष्ट्रिय दैनिकका रेशमराज पौडेल, सचिवमा सामुदायिक सूचना नेटवर्क (सिएनआई) का केशव भुल र कोषाध्यक्षमा नेपाल लाइभ अनलाइनकी निर्मला घिमिरे चयन भएका छन् ।
समाजको कार्यसमिति सदस्यमा नयाँ पत्रिका अनलाइनकी अरिश्मा मोक्तान, अर्थ र रोजगार टेलिभिजनकी रिना श्रेष्ठ, नेपाल साप्ताहिककी कल्पना भट्टराई, डिसी नेपाल अनलाइनका विनेश खनाल, विकास न्युजकी सुनिता पुडासैनी रहेका छन् ।
त्यसैगरी समाजको कार्यसमितिले पाँचजना पत्रकारलाई सल्लाहकार चयन गरेको छ । समाजका सल्लाहकारहरूमा मध्याह्न राष्ट्रिय दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, नागरिक राष्ट्रिय दैनिकका रुद्र खड्का, जनसवाल दैनिकका सम्पादक रामजी बगाले, राजधानी राष्ट्रिय दैनिकका मधुजंग पाण्डे र नयाँ पत्रिकाकी मुना कुँवर रहेका छन् ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply