सुलेमानीको हत्या र अमेरिकी हस्तक्षेप नीति
राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानी सेनाका कमान्डर सुलेमानीको दुुई हप्ताअघि इराकमा अमेरिकी सेनाद्वारा हत्या गरिएपछि विश्व राजनीति विभिन्न अर्थबाट तरंगित भइरहेको छ । सन् २००३ मा तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई परामाणु हतियार राखेको आरोपमा सत्ताच्यूत गरेपछि इराकमा अमेरिकाले उसको सेना तैनाथ गरिआएको थियो र छ । कट्टर मुस्लिम देश इरान र अमेरिकाबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध र स्थिति रहँदै आएको थियो । सैन्य कमान्डर सुलेमानीको हत्याले सो सम्बन्धलाई थप तनावपूर्ण मात्र बनाएन त्यसले विश्व राजनीतिमा नै फेरि हलचल ल्याइरहेको छ । यस अघि अमेरिका र इरानले एकले अर्कालाई शत्रुराष्ट्र भन्दै धम्कीपूर्ण भाषाको प्रयोग गर्दै आएका थिए । अमेरिकालाई एकपटक फेरि महान् बनाऔं (मेक अमेरिका ग्रेट एगेन) को चुनावी नारा दिएर गत सन् २०१६ नोभेम्बर ८ मा भएको राष्ट्रपतिय निर्वाचनमा ट्रम्पले झिनो इलोक्ट्रोरल मतले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिल्टनलाई पराजित गरेका थिए । राष्ट्रपतिको निर्वाचमा उठेदेखि नै डेमोक्रेटिक पार्टी लाई राष्ट्र (अमेरिका) लाई कमजोर बनाएको भन्दै आलोचना गरेका थिए । उनले अमेरिका सिंह (लायन) थियो र रहनेछ भनेका थिए । उनको त्यसखालको उग्र भाषण र उग्रराष्ट्रवादी सोचलाई अमेरिकी जनताले मन पराए वा रुचाइए । निर्वाचित भएदेखि नै विश्वमा अमेरिकासँग टक्कर राख्ने र चुनौती दिने मुलुक वा संस्थालाई सिध्याइदिने धम्कीपूर्ण भनाइ राख्दै आएका ट्रम्पले अमेरिकासँग दुस्मनी गर्ने जोकोहीलाई सिध्याइदिने संन्देश विश्व समुदायलाई दिन खोजेका छन् र दिएका छन् । इटालीका तत्कालिन कूटनीतिज्ञ मेकेयावेलीको भनाइजस्तै ‘शत्रुले आक्रमण गर्न खोजेको संकेत पाउनेबित्तिकै पहिले आफैंले हमला गर्नुपर्दछु भन्ने सूत्र ट्रम्पले पनि प्रयोग गरेको देखिन्छ । भारतका तत्कालीन विद्वान् चाणक्यको पनि कूटनीतिमा सोही प्रकारको मान्यता रहेको थियो । ट्रम्प सोही मान्यताको पक्षपाती रहेको देखिन्छ ।
विश्व राजनीतिमा प्रभाव
सुलेमानीको हत्या भएपछि त्यसको पक्ष र विपक्षमा विश्व राजनीति तरंगित भइरहेको छ । राजनीतिक धम्की दिएकै भरमा सार्वभौम मुुलुकको सेना प्रमुखको हत्या गर्नु गैरन्यायिक हत्या हो भन्ने कुरामा विश्व समुदाय सचेत र जानकार भएको भएपनि वर्तमान विश्व राजनीति र कूटनीतिमा सबैभन्दा बढी प्रभाव राख्ने अमेरिका भएकाले विश्व राजनीतिक मञ्चमा त्यसको चर्काे विरोध हुन सकेको छैन । अमेरिकाले इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई अपदस्त मात्र गरेन हत्या नै गरिदियो । सो घटनाको पनि विश्व समुदायबाट चर्काे विरोध भएन । तर अमेरिकाले भनेजस्तो विनाशकारी हतियार पनि भेटिएन । अफगानिस्तान र इराकमा उसले लामो समयदेखि आफ्नो सेना राख्दै ती मुलुकको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गर्दै आएको भए पनि त्यसलाई विश्व समुदाय र संयुक्त राष्ट्र संघले चर्काे विरोध गर्न नसकेकै कारण ऊ बढी हौसिएको र मनोबल बढेको देखिन्छ । हालैको सुलेमान हत्याको घटनाले फेरि एकपटक विश्व राजनीति तताएको छ । विश्वका सचेत नागरिक समाजमा हत्याले चौतर्फी प्रतिक्रिया र विरोध भएको भए पनि औपचारिक हिसाबले राष्ट्रहरूले अमेरिकी कदमको विरोध गर्न सकेका छैनन् । अमेरिकालाई धम्की दिने र चुनौती दिने कुनै पनि मुलुक र शक्तिलाई उसले ध्वस्त पारिछाड्ने संन्देश सुलेमानी घटनाले दिएको छ र दिन खोजिएको छ । अमेरिका र उसको नीतिको चर्काे आलोचक रहेका इरानका राष्ट्रपतिको मनोबल गिराउन र विश्वमा अमेरिका ‘दादाु मुलुक हो उसलाई जिस्क्याउने कोसिस नगर्नु भन्ने संन्देश पनि यसले दिएको देखिन्छ । विगतमा उत्तर कोरियाले अमेरिकालाई पटक–पटक अणुबम प्रहार गर्ने धम्की दिँदै आएको थियो । यसबीचमा उसले कोरियाली नेता किमसँग दुईपटकभन्दा बढी वार्ता गरिसकेको छ । वार्ताको नाटक गर्दै उत्तरकोरियाको शक्तिको जाँच गर्दै रहेको पनि आभास हुन्छ । उत्तर कोरियासँग साँच्चै लामो दूरीको मार हान्न सक्ने क्षेप्यास्त्र भएको विश्वास गरी उसले कोरियालाई छुन नसकेको हो । तर इरानी सेनाप्रमुखको हत्याले एकैपटक विश्व राजनीतिमा धेरै प्रकारका राजनीतिक शक्तिको संन्देश दिन खोजेको पाइन्छ । इराकमा भएको सो घटनाबाट इराक र अमेरिकाबीचको सम्बन्ध पनि चिसिने खतरा देखिँदैछ । विगतमा उसले इराकलाई किन हमला गरेको थियो भन्ने औचित्य पुष्टि हुनसमेत सकेको छैन् । तर त्यसमा पनि इराकसँग भएको तेल भण्डारमाथिको कब्जा र विश्व राजनीतिमा अमेरिकाको शक्तिबाट अन्य राष्ट्र र शक्तिलाई त्रसित पार्नु मात्र उसको उद्देश्य भएको पुष्टि भइसकेको छ । इरानसँग पनि तेलका ठूला भण्डार रहेका छन् । अर्काेतर्फ उसँग पनि अमेरिकालाई हान्न सक्ने हतियार पनि भएको अनुमान गरिँदैछ । त्यसैले अमेरिकाले अर्काे पक्षले हमला गर्नुपूर्व नै शत्रुको नाश गर्न र मनोबल गिराउन चाहेको हो । अर्काेतर्फ अमेरिकामै राष्ट्रपति ट्रम्पको राजनीतिक कदम र निर्णयहरूको चौतर्फी आलोचना र विरोध भइआएका छन् । त्यस खालको आन्तरिक विरोध र राजनीतिक कदमलाई मत्थर पार्न पनि ट्रम्पले हमला गरेका हुन् । त्यसैगरी सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई प्रभावित गर्न पनि उनले हमला गरेको देखिन्छ । त्यतिमात्र होइन, राष्ट्रपति ट्रम्पले इरानलगायत मुलुकमा थप हमला गर्ने पक्का नै देखिन्छ । त्यो किन पनि भने उनको मेक अमेरिका ग्रेट एगेन अर्थात् अमेरिकालाई फेरि महान बनाऔं भन्ने चुनावी नाराअनुसार ट्रम्पले केही पनि कार्य गर्न सकेका छैनन् । उनको प्रमुख चुनावी मुद्दा बनेको मेक्सिकोको सीमामा पर्खाल लगाउने र अमेरिकामा रहेका आप्रवासीहरूलाई देशनिकाला गर्ने भन्ने काम पनि सम्पन्न भएनन् र त्यो पूरा हुने संकेत पनि देखिएका छैनन् । त्यसैले पनि ट्रम्पले छिट्टै अर्काे हमला र हत्या गर्ने अवस्था बन्दैछ । अमेरिकी शत्रुको नाश गरी अमेरिकालाई विश्वमा महान् बनाएको भन्ने छनक र आन्तरिक प्रचार गर्न पनि उनले हमला गर्ने देखिन्छ । र, आगामी राष्ट्रपति निर्वाचमा फेरि उठने र जित्ने हतियार शत्रुको हमला हुने उनको अनुमान र कदम बन्दैछ । यो हमलाले विश्व राजनीतिलाई विभिन्न प्रकारले तताइरहेको छ । यसले राजनीतिक मात्र होइन ब्यापारिक, सामरिक, कूटनीतिक र समग्रमा विश्वव्यवस्थामामाथि नै विभिन्न प्रकारको प्रभाव पर्ने देखिन्छ ।
नेपाललाई पर्न सक्ने प्रभाव
नेपाल दक्षिण एसियाको सानो मुलुक भए पनि विश्व कूटनीति र व्यवस्थामा विभिन्न प्रकारले भूमिका भएको मुलुक हो । संयुक्त राष्ट्रसंघमा सेना पठाउने महŒवपूर्ण मुलुक नेपाल पनि हो । नेपालको विभिन्न प्रकारको श्रमशक्ति विश्वका विभिन्न मुलुकमा छन् । इराकमै पनि अमेरिकी सेना र अन्य निकायमा नेपालीले श्रम र रोजगारी गरी रहेका छन् । यस्तो अवस्थामा नेपाल र नेपालीलाई पनि अमेरिकी हमला र राजनीतिक कदमबाट प्रत्यक्ष र अप्रत्क्ष प्रभाव पर्ने देखिन्छ । व्यापार र वाणिज्यको क्षेत्रमा तत्कालै प्रभाव पर्ने देखिन्छ । सुन, पेट्रोल, ग्यासलगायत वस्तुको मूल्य र आपूर्तिमा पनि प्रभाव पर्ने देखिएको छ । हमलालगत्तै नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भइरहेको छ । नेपाल असंलग्न परराष्ट्र नीति अँगाल्ने मुलुक भए पनि कुनै न कुनै हिसाबले अमेरिका र उसलाई समर्थन हुनेगरी नेपालले आफ्ना कदम चाल्ने नै देखिन्छ । अर्थात्, अमेरिकी कदमको ठाडो विरोध गर्ने अवस्था छैन । र, त्यस प्रकारको कार्य मुलुकको चौतर्फी कूटनीतिक फाइदाको हिसाबले सही पनि हुन सक्दैन । मानवीयता र मानवीय मूल्यको राजनीतिक दर्शन र विचारधाराको दृष्टिकोणले नेपालको सक्तारूढ पार्टीबाट र जनस्तरबाट भने विरोध हुनु जरुरी देखिन्छ । विगतमा भेनेजुएलाको मुद्दामा भएको विरोधमा पनि मुलुकमा अनेक खालका प्रतिक्रिया देखिएका थिए भने नेकपामा राजनीतिक विवाद आएको थियो । त्यसैले अमेरिकासँग चौतर्फी सम्बन्ध र कूटनीति स्वार्थ गाँसिएको मुलुक नेपालले अमेरिकाको विरोध गर्नु कूटनीतिक दृष्टिकोणले पनि परिपक्व मान्न सकिन्न । यस हिसाबमा नेपाल र नेपालीलाई अमेरिकी हमलाले विभिन्न खालको राजनीतिक, कूटनीतिक, ब्यापारिक, श्रम सम्बन्ध आदिका दृष्टिमा असर र प्रभाव पर्ने देखिन्छ । राष्ट्र र मुलुकले आफ्नो मुलुकका बृहत् हित हेर्नुपर्ने भएकोले अमेरिकी हमला अमानवीय भए पनि तैँ चुप मैँ चुप हुनुपर्ने राजनीतिक बाध्यता नेपालको सामु खडा भएको छ । तर पनि नागरिक स्तरबाट मानवीय मूल्यका हिसाबमा अमेरिकी कदमको चौतर्फी कोणबाट विरोध गर्नु अपरिहार्य भएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply