कैलाश विकास बैंक किर्ते धन्दामा !
काठमाडौं । वित्तीय क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल कैलाश विकास बैंक किर्ते धन्दामा लागेको पाइएको छ । बैंकको एक शाखाले ऋणीको किर्ते हस्ताक्षर काम गर्दा समग्र बैंकिङ क्षेत्रकै बदनाम भएको छ ।
पब्लिक इनोभेटर इन्जिनियर दीपेन्द्र कँडेलले कैलाश विकास बैंकको वालिङ शाखाले आफ्नो आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते गरी पत्रिकामा नाम प्रकाशित गर्न अन्तिम चरणमा पुग्दै आफूले थाहा पाएको खुलासा गरेका छन् । उनले एक पत्रकार सम्मेलन नै गरी बैंकविरुद्ध यस्तो खाले गम्भीर आरोप लगाएका हुन् ।
कँडेलले वालिङ शाखाले आफ्नो परिवारको सामाजिक प्रतिष्ठामाथि नै आँच पु¥याउने गलत उद्देश्यका साथ यस्तो हर्कत अपनाएको दाबी गरे । उनले भने, ‘मेरो बुवा आफैं पनि ऋण असुली न्यायाधीकरणका न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्थ्यो र उहाँले आफ्नो गृहजिल्ला स्याङ्जामा पनि विभिन्न वित्तीय संस्था तथा हाल प्रभु बैंक रहेको तत्कालीन गौरीशंकर विकास बैंकसमेत खोल्न निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । त्यो बैंकको त उहाँ आफैं प्रथम महाप्रबन्धक हुनुहुन्थ्यो । अहिले बुवा स्वर्गवास हुनुभयो, उहाँको निधनपछि अहिले यस्तो प्रपञ्च रचिएको मलाई भान हुन थालेको छ । यसको पछाडि उहाँहरूको अरू भित्री के उद्देश्य छ ? त्यो त मलाई थाहा छैन । तर, म अन्याय र अत्याचारका विरुद्ध कुनै पनि सम्झौता गर्दिनँ । आजबाट गलत र कुत्सित मनशाय बोक्ने कैलाश विकास बैंक लिमिटेड, वालिङ शाखाविरुद्धको लडाइँ सुरु भयो ।’
उनले आमा लीला कँडेलले लिएको ऋणको किस्ता यसअघि समयमै तिर्दै आइरहेको अवस्थामा बुवाको निधनपछिको किस्ता चलाउन केही कठिनाइ भएको पनि आफ्नो परिवारले बैंकलाई स्पष्ट रूपमा भनिएको जानकारी दिए । उनले भने, ‘मेरो आमाले बैंकलाई समयमै किस्ता तिर्दै आउनुभएको थियो । बुवाको निधनपछि किस्ता चलाउन केही समस्या भएको कुरा उहाँले बैंकलाई स्पष्ट रूपमा जानकारी गराउनुभएको थियो । म आफैंले पनि यो कुरा बैंकको काठमाडौंस्थित केन्द्रीय कार्यालयमै पुगेर जानकारी गराएको थिएँ । तर, बैंकले यही अवस्थालाई प्रयोग गरेर हाम्रो परिवारमाथि षड्यन्त्र गरी आमा र बुवाको प्रतिष्ठामाथि दाग लगाउने प्रपञ्च रच्यो, जुन कुरा उसले पठाएका चारवटा पत्रबाट पनि पुष्टि हुन्छ ।’
उनले बैंकले आमाको नाममा प्रेषित गरेका चारवटा पत्रमा बेग्लाबेग्लै ठेगाना र आमाको हस्ताक्षरसमेत किर्ते गरेको दाबी गरे । उनले भने, ‘बैंकले यतिसम्म पनि गर्दोरहेछ भन्ने कुरा हामीले प्रत्यक्ष रूपमा भोग्यौं । म आफू नै ग्यारेन्टर हुँदा पनि अहिलेसम्म कुनै पनि पत्र र त्यसम्बन्धी कुनै पनि विद्युतीय सन्देश (इमेल) मलाई प्रेषित गरिएन । तर, जब एकैपटक भित्री सूत्रबाट नाम निकाल्न बैंक अघि बढेको भन्ने जानकारी पाएँ, त्यसपछि मात्रै मैले केन्द्रीय कार्यालय गएर यो एकैपटक पत्रिकामा सूचना प्रकाशित हुँदैछ भन्ने समाचारको आधार मागेको थिएँ । केन्द्रीय कार्यालयका एक कर्मचारीले शाखाबाट पत्र आएकाले हामी यो प्रक्रियामा पुगेको जानकारी दिए । कँडेलले भने, ‘त्यसपछि मैले आधार देखाउन मागेको थिएँ । र, उहाँले चारवटा पत्र मलाई थमाउनुभयो, त्यसमा बैंकको शाखाले आमाको हस्ताक्षरसहितको पत्र पठाएको देखें । यो देख्नेबित्तिकै आमालाई फोन सम्पर्क गर्दा उहाँले अहिलेसम्म मैले कुनै पनि पत्रमा हस्ताक्षर गरेको छैन भनेर जवाफ दिनुभयो, त्यसपछि मैले पत्र नियाँल्दा बैंकले गरेका गम्भीर त्रुटिहरू पनि फेला पारें ।’
किर्ते गरेर कारबाहीको धम्की दिने र आफ्नो फाइदा उठाउन यस किसिमको प्रपञ्च रच्ने कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध आफू लड्ने उनले बताए । वालिङ शाखाले पठाएको पत्रबारे बैंकको केन्द्रीय कार्यालयले कुनै जाँचबुझ नगरी सिधै ग्राहकको मानमर्दन हुनेगरी पत्रिकामा निकाल्छु भन्नुले यो घटनामा शाखाको मात्रै दोष नभएर यसमा केन्द्रीय कार्यालय पनि संलग्न देखिएको कँडेलको दाबी छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply