दुई महानिर्देशक मध्ये एकलाई मात्र दोष
काठमाडौं । उस्तै प्रकारको अपराधमा संलग्न दुई महानिर्देशक मध्ये एकलाई दोष थोपरेर अर्कोलाई चोख्याउने खेलेमेलो भएको छ । अखाद्य चिनीलाई खानयोग्य प्रमाणित गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यलाई कारबाहीको तयारी भएको छ । तर, त्यही सामग्री आर्थिक चलखेलका आधारमा भन्सार पास गराउने भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भने चोख्याउने खेल भएको छ । चार महिनाअघि भित्रिएको गुणस्तरहीन चिनीलाई खान योग्य भन्दै भित्रयाइएको थियो ।
अखाद्य चिनी खान योग्य प्रमाणित गरेको भन्दै जोशीलाई कारबाही गर्ने तयारी गरिरहँदा भन्सारका महानिर्देशक दाहाललाई भने उम्काउने योजना भएको बताइन्छ । स्रोतका अनुसार खाद्यका महानिर्देशक जोशीलाई भने कारबाहीको तयारी गरिएको हो । पहिलोपल्ट सोधिएको स्पष्टीकरणमा खाद्य विभागकी महानिर्देशक जोशी वैद्यले १२ दिनसम्म जवाफ नदिएपछि दोस्रोपल्ट २४ घन्टे स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि कृषि मन्त्रालयले उनीसहितका कर्मचारीलाई मन्त्रालय तानेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ । विभागले गुणस्तरीयताको प्रमाणपत्र दिएको समाचार सार्वजनिक भएको थियो । यस विषयमा छानबिन गर्न गठित समितिले विभागकी महानिर्देशक जोशीसहित संलग्न कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको कृषि मन्त्रालय स्रोतले जनाएको छ ।
गत फागुनमा भारतको उत्तर प्रदेशबाट ७२ टन चिनी धनुषाको जलेश्वर नाका हुँदै आयात भएको थियो । भारतको सम्भावली सुगर लिमिटेडबाट काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिकास्थित अनुष्का मल्टिप्रपोज प्रालिले आयात गरेको थियो । जलेश्वर नाकामा रहेको खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले सामान्य परीक्षण गरी चिनी खानयोग्य नभएको प्रतिवेदन भन्सार कार्यालयलाई दिएको थियो । त्यसपछि तीन ट्रक चिनी राजस्व अनुसन्धान कार्यालय, पथलैयाको नियन्त्रणमा राखिएको थियो । त्यही चिनीलाई विभागले १४ जेठमा ‘खानयोग्य’ भएको रिपोर्ट दिएको थियो । यस विषयमा विवाद भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सहसचिव डा. नारायणप्रसाद रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले मिति सकिएको, लेबलमा प्रस्ट कुरा उल्लेख नभएको बोराबाट गैरकानुनी रूपले नमुना परीक्षण गरेको ठहर्दै विभागको नेतृत्व र संलग्न कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा विभागकी महानिर्देशक वैद्य, प्रयोगशाला प्रमुख राकेशकुमार त्रिपाठी, खाद्य दाना स्वच्छता एवं गुणस्तर नियमन महाशाखामा कार्यरत वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर केसी, गुणस्तरहीन चिनी आयातका लागि अनुमति प्रदान गर्ने निरीक्षण अधिकृत भीम पुलामीलगायतलाई कारबाही गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । तर, यही मुद्दामा अखाद्य चिनी भिœयाउने भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भने चोख्याउने खेल भएको छ । गुणस्तरहीन चिनीलाई भन्सारबाट छिराइए पनि भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भने छानबिनको घेराबाट रहस्यमय ढंगले बाहिर राखिएको छ । राजस्व अनुसन्धान विभागको पथलैया टोलीले नियन्त्रणमा लिई ७२ टन चिनी परीक्षणका लागि खाद्य विभागमा पठाएको थियो । कृषि मन्त्रालयले सहसचिवको नेतृत्वमा छानवीन समिति गठन गरेर मन्त्रालय मातहत पर्ने निकायका कर्मचारीलाई दोषी करार गरे पनि उक्त समितिले फरक मन्त्रालयको महानिर्देशक दाहालका विषयमा भने क्षेत्राधिकारका कारण कारबाहीबारे केही उल्लेख नगरेको बताइएको छ । समितिले चिनी आयातका लागि अनुमतिपत्र दिँदा नै लापरबाही भएको र भन्सार बिन्दुमा आएपछि प्रक्रिया पूरा नगरी परीक्षण गरेको पनि उल्लेख गरेको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply