पुरानै विधिबाट एसइईको नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले केही दिनपछि नै यो वर्षको एसइईको नतिजा सार्वजनिक गर्दैछ । साउन १५ देखि ३० गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्ने बोर्डको पूर्वघोषणाअनुरूप नै नतिजा बाहिर ल्याउन लागे पनि कतिपयले भने अघिल्ला वर्षहरूमा जस्तै नतिजा सार्वजनिक गर्नुको औचित्य नरहेको पनि बताउन थालेका छन् ।
कोभिड–१९ को महामारीका कारण यसपटक एसइईको परीक्षा हुन सकेन । गएको चैत ८ गतेदेखि सुरु गर्नेगरी अन्तिम तयारी भइसकेपछि ६ गते परीक्षा स्थगितको सूचना सार्वजनिक गरियो । कोभिड–१९ को महामारी फैलिँदै गएको कारण सरकारले चैत ११ देखि लकडाउन ग¥यो । लकडाउन लम्बिँदै जाँदा एसइईको परीक्षा अनिश्चित बन्न पुगेपछि सरकारले विद्यालयहरूले लिएको अन्तिम परीक्षाको प्राप्तांकका आधारमा नै एसइईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
करिब साढे ४ लाख विद्यार्थीको रिजल्ट विद्यालयकै प्राप्तांकको आधारमा सार्वजनिक हुँदैछ । विद्यालयमा गठित तीन सदस्यीय समितिले विद्यार्थीहरूको प्राप्तांक प्रमाणित गरेर त्यसलाई विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा पठाएपछि सो एकाइले प्रमाणित गरेपछि बोर्डमा पठाइएको थियो । सोही आधारमा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
विद्यालयले लिएको अन्तिम परीक्षाका आधारमा एसइईको नतिजा सार्वजनिक हुने भएको हुँदा विद्यार्थीहरूले पाउने प्राप्तांकको प्रमाणित गर्ने अधिकार यसपटक सम्बन्धित विद्यालयहरूलाई नै दिइएको थियो । तर, विद्यालयहरूलाई नै प्राप्तांक प्रमाणित गर्ने अधिकार दिएको हुँदा त्यसमा निष्पक्ष हुन्छ कि हुँदैन भन्ने प्रश्न टड्कारो रूपमा उठ्न पुगेको छ । खासगरी निजी विद्यालयहरूले प्राप्तांक प्रमाणित गर्ने कार्यमा निष्पक्षता अपनाए कि अपनाएनन् भन्ने कुरा उठ्न पुगेको छ ।
अघिल्ला वर्षहरूमा बोर्डले नै परीक्षा लिएर नतिजा सार्वजनिक गथ्र्यो । तर, त्यो अधिकार भने यसपटक कोभिड–१९ को कारण विद्यालयहरूले नै पाए । बोर्डले नतिजा सार्वजनिक गर्दा भने आफूले परीक्षा लिन नपाए पनि विगत वर्षहरूमा गरेजस्तै विधि र तरिका अपनाएर गर्न लागेको छ । बोर्डको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘पहिला जसरी रिजल्ट हुन्थ्यो, यसपटक पनि त्यसैगरी नै रिजल्ट गर्न लागिरहेका छौं । कुनै नयाँ विधि र तरिका अपनाउने भएका छैनौं ।’
तर, कतिपयले भने विद्यालयको अन्तिम परीक्षाको प्राप्तांकको आधारमा एसइईको नतिजा सार्वजनिक हुने भएको हुँदा बोर्डले विगत वर्षहरूझैं नतिजा निकाल्नुको औचित्य नरहेको पनि बताएका छन् । बोर्डले परीक्षा नै नलिई नतिजा सार्वजनिक गर्नुको कुनै तुक नरहेको र विद्यालयले दिएको प्राप्तांकको आधारमा बोर्डले प्रमाणित गरे मात्रै पुग्ने कुरा उठाइएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply