मुलुकमा विधि, नीति र पद्धतिको बहस
प्रत्येक व्यक्ति तथा संस्थादेखि मुलुकसम्म पनि निश्चित विधि, नीति र पद्धतिबाटै चल्नुपर्दछ भन्ने मानिन्छ । विधि, नीति र पद्धतिबाट सञ्चालन हुन नसक्ने वा नचाहने कुनै पनि व्यक्ति र संस्थाको ढिलो–चाँडो अवसान हुन्छ ।
मुलुक सञ्चालन गर्ने मूल नीति राजनीति हो । राजनीतिलाई सञ्चालन गर्ने प्रमुख यन्त्र राजनीतिक दल हो । दललाई सञ्चालन गर्ने उसको संगठन हो । संगठनलाई सञ्चालन गर्ने उसले बनाएको र स्वीकार गरी आएको निश्चित विधि, विधान, मूल्य, मान्यता, प्रक्रिया, प्रणाली, पद्धति तथा गतिशील अभ्यास आदिले नै हो । गतिशील अभ्यास पालना गरिएन र विज्ञानवादी भइएन भने कुनै पनि प्रणाली र व्यवस्था जंगली विधिसमान बन्न पुग्छ । राजनीतिक संगठन सञ्चालनमा विधि, नीति र पद्धतिको चौतर्फी भूमिका तथा महŒव हुन्छ । नेकपा नेता घनश्याम भुसालका अनुसार– ‘विधि छैन भने केही पनि छैन ।’
विधि
कुनै पनि सकारात्मक कार्य वा उत्कृष्ट परिणाम निकाल्ने कार्य वा असल नियतले गरिने कार्य तथा प्रगतिशील कार्य सम्पन्न गर्ने एउटा विधि हुन्छ र हुनुपर्छ । नकारात्मकतामा समेत विधिको अर्थ र महŒव हुन्छ । चोरहरूले पनि चोर्नका लागि विधि बनाएका हुन्छन् । विधि त्यस्तो अवधारणा हो, जसको माध्यमबाट मानिस, व्यक्ति, संगठन, समूह र संस्था प्रगतिपथमा अगाडि बढेको हुन्छ । हामी हिन्दु धर्म अनुसारको विवाह कार्यमा पनि विधिको कति धेरै महŒव देख्छौं । कुनै केटा र केटीको विवाह गर्ने भन्नेमा दुवै पक्ष सहमति भएपछि सोही दिन घरमा लाने हुन्न । टीकाटालो हुन्छ । विवाहको मिति तोकिन्छ । विवाहमा पनि स्वयंवर हुन्छ । कन्यादान हुन्छ । दुलहाले सिन्दुर हाल्छन् । बेहुली पक्षले सबै विधि पूरा गरी दुलहालाई बेहुली दिइन्छ । यो एउटा परम्परागत र धार्मिक विधि हो । अदालती विवाहमा पनि निश्चित विधि हुन्छ र छ । अर्थात्, विधिको त्यति ठूलो अर्थ र महŒव हुन्छ । एउटा रूखमा फलेको सुन्तला पनि किसानले रूखमा चढी अंकुसे वा लौरोको सहयताबाट बिस्तारै होसियारीपूर्वक टिप्ने गर्दछ । सामन्यतयाः जमिनबाटै भाटाले हानेर किसानले झार्दैन । बोटको फेद हल्लाएर एकैपटक सुन्तला कसैले झार्दैन । यसरी हरेक स्थानमा विधिको महŒव र अर्थ हुन्छ ।
राजनीतिक दल र संगठनमा त विधिको चौतर्फी अर्थ र महŒव हुन्छ । विधिको पालना गरिएन भने संगठन भन्ने कुरा रहन्न । असनको भीडमा पनि मानिस नै हुन्छन् । तर, त्यहाँ कुनै संगठनको नियम लागू हुन्न । कसैलाई कसैको मतलब हुन्न । कसैले पनि निश्चित र तोकिएको नियम पालना गर्नैपर्ने बाध्यता हुन्न । के यस्तै हो त संगठन ? असनको भीडजस्तो हो त राजनीतिक पार्टी ? त्यस्तो हुन्न । एउटा निश्चित विधि, विधान, प्रक्रिया र उद्देश्यबाट गठन भएको राजनीतिक पार्टीमा विधि हुनैपर्दछ । विधिबाटै कसरी सञ्चालन हुने हो, थाहा हुन्छ । पार्टीको बैठक, निर्णय प्रक्रिया, भूमिका, संगठनको सञ्चालन, निर्णयहरू गर्ने र परिपालना गर्ने–गराउने सबै विधिका कुराहरू हुन् । व्यक्ति पदले, भूमिकाले, योग्यता र क्षमताले, दायित्व र जिम्मेवारीले ठूलो–सानो, तल–माथि, दायाँबायाँ आदि हुन्छ वा हुन सक्छ । तर विधि भनेको विधि नै हो । विधिले विधि चिन्दछ । मान्छे चिन्दैन । विधिले आफ्नो निश्चित प्रक्रिया जान्दछ । विधिले निश्चित आधार, तर्क, तथ्य, प्रमाण, विज्ञान र वस्तुगत आधारलाई मान्दछ । विधिबाटै सबै चल्नुपर्दछ । एउटा रेल निश्चित लिकबाट हिँड्नुपर्ने कुरा विधि हो । त्यहाँ रेल कुन कम्पनीको हो ? रेल कति धेरै गतिमा दौडन्छ ? रेलमा कति यात्रु रहेका छन् ? रेललाई गन्तव्यमा पुग्न कति हतारो छ ? भन्नेजस्ता सवालले ताŒिवक माने राख्दैन । रेल निश्चित लिक, नियम, विधि र निगमन गर्ने निकायको निर्देशन र नीतिमा चल्नुपर्दछ । बस्, त्यो नै विधि हो । यही हो विधि भनेको । विधिअन्तर्गत सबै हो । कुनै मान्छेको हित अनुकूल विधि हुन्न ।
नीति
नीति संस्था तथा व्यक्तिलाई निश्चित मार्गमा हिँडाउने त्यस्तो मार्गनिर्देशक यन्त्र हो जसको माध्यमबाट त्यो व्यक्ति र संस्था अगाडि बढ्न बाध्य हुन्छ र हुनुपर्दछ । अन्तर्राष्ट्रिय कानुनमा राज्य पनि एउटा व्यक्ति हो । उसका पनि निश्चित खालका विभिन्न नीति हुन्छन् र हुनुपर्दछ । आर्थिक नीति, विदेश नीति, कूटनीति, सुरक्षा नीति आदि हुन्छन् । नीति विभिन्न मूल्य, सिद्धान्त, मान्यता, विचार, दर्शन, सन्दर्भ, व्यवस्था, आवश्यकता तथा अनुभवहरू आदिको विश्लेषणबाट निर्माण गरिने र गर्दै अघि बढिने कुरा हो । नीति उल्लिखित सबै पक्षलाई निश्चित आधार र सर्तबाट अघि बढाउन आवश्यक हुने औजार हो । एउटा राजनीतिक दल पनि एउटा संस्था हो र त्यो कानुनी व्यक्ति हो । राजनीतिक दलको पनि निश्चित नीति हुन्छ र हुनुपर्दछ । नीति नभएको संस्था जंगलमा बाटो भुलेको यात्री समान बन्न पुग्छ । नीति त्यस्तो मार्ग हो, जसबाट निश्चित यात्रा तय हुन्छ । नीतिको पालना गरेर व्यक्ति वा संस्था लक्ष्यतर्फ अगाडि बढ्न सक्छ । नीतिको चौचर्फी अर्थ र भूमिका हुन्छ ।
पद्धति
पद्धति व्यक्ति वा संस्थाको लामो अनुभव र क्रियाबाट स्थापित हुने निश्चित र स्थापित प्रक्रिया हो । जसलाई संस्थाले आफ्नो जीवनको अनुभवबाट तथा अन्य यस्तै देशी–विदेशी सिकाइ, भोगाइ आदिबाट असल कुराहरूको अनुशरण गर्दै आएको हुन्छ । उत्कृष्ट अनुभवहरूको समायोजन तथा अनुशरण आदिबाट प्राप्त भएको सकारात्मक विकासको कुल योग नै पद्धति हो । पद्धति निर्माणमा मानिस, संस्था वा व्यक्तिको लामो समय लागेको हुन्छ । विगतका विभिन्न राम्रा–नराम्रा अनुभवहरूबाट शिक्षा लिएर तथा विकास गरेर एउटा स्वीकार्य पद्धति बसालिएको र निर्माण गरिएको हुन्छ । वस्तुगत र विज्ञानसम्मत आवश्यकता र अनुभवहरूबाट निर्मित कुरा हो पद्धति । यस अर्थमा पद्धतिले संस्था र व्यक्तिलाई अझ प्रगतिपथमा लैजान टेवा दिन्छ । लामो अनुभव र संघर्षबाट निर्माण गरिएको पद्धतिलाई पालना गरिएन भने कुनै पनि संस्थाले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन । जस्तो कम्युनिस्ट पद्धति, पुँजीवादी पद्धति, उदारवादी पद्धति, युरोपियन पद्धति आदि एकै दिन र एउटै व्यक्तिले बनाइदिएका होइनन् । यसको निर्माणमा लामो समय तथा थुप्रै समाजको अनुभवहरूले काम गरेको छ । निश्चित प्रक्रियाबाट हिँड्ने कुरा पद्धति हो ।
सामाजिक रूपान्तरण तथा गुणात्मक परिवर्तन
विधि, नीति र पद्धतिको पालना गरेर नै कुनै पनि संस्था तथा व्यक्तिको बृहत् हित हुन सक्छ । राजनीतिक पार्टी पनि एउटा गतिशील र संगठित संस्था भएकाले त्यसमा गतिशीलता आवश्यक हुन्छ । गतिशील संगठनले समाजको रूपान्तरणमा सहयोग गर्दछ । संगठन किन र कसरी गतिशील हुन्छ भन्ने कुराको महŒव नै विधि, नीति, उद्देश्य, लक्ष्य, विचार, कार्यक्रम, नेतृत्व तथा परिचालनमा भर पर्ने कुरा हो । संगठनका लागि राजनीतिक कार्यक्रम र मुद्दा मूल कुरा हो । मुद्दा, कार्यक्रम, नीति, विचार तथा निश्चित पद्धति भएनन् भने संगठन बसपार्कको भीडजस्तो बन्न पुग्छ । जसमा कुनै निश्चत आकार, गति र सामूहिक उद्देश्य हुन्न । संगठन भनेको केवल मान्छेको भीड मात्र होइन । मान्छेलाई विचार, कार्यक्रम, उद्देश्य, नीति, विधि, विधान तथा निश्चित पद्धतिबाट अगाडि बढाउन सकेको खण्डमा मात्र त्यसले सामाजिक रूपान्तरणमा सहायक बन्न सक्दछ । रूपान्तरण नाम मात्रको भइदियो भने त्यो समाजका लागि कुनै अर्थको कुरा हुन्न । रूपान्तरणले समाजको गुणात्मक परिवर्तन र फड्को मार्न सक्नुपर्दछ । एउटा गतिशील संगठनको अर्थ र महŒव विधि, नीति, पद्धति तथा गतिशील रूपान्तरणमा नै हुन्छ । एउटा धार्मिक पूजामा के सामग्री आवश्यक हुन्छ, त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा विधि हो भने पहिले कुन पूजा गर्ने त्यसपछि क्रमैसँग कुन–कुन पूजा गर्दै जाने भन्ने कुरा पद्धति हो । एउटा गतिशील राजनीतिक तथा सामाजिक संगठनमा विधि र पद्धतिलाई उल्लिखित पूजा विधिसँग तुलना गर्दै बुझ्न सकिन्छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply