नक्कली अश्लील च्याटले हंगामा
काठमाडौं । कर्मचारी वृत्तमा विवादास्पद छवि बनाएका नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीको अश्लील च्याट केही दिनपूर्व सामाजिक सञ्जालमा छताछुल्ल भयो । पटकपटक विवादित बन्दै आएका उनले नै च्याटमा अश्लील शब्दहरू प्रयोग गरेका हुन सक्ने विश्वाससमेत गरियो । तर, रहस्य खुल्दा भने उनको आईडी अरूले नै प्रयोग गरेर उनलाई बदनाम गराउन खोजिएको रहेछ ।
उपाध्यक्ष भण्डारीको फेसबुक आईडी पसले खड्का नाम गरेका व्यक्तिले केही समयदेखि चलाउँदै आएका रहेछन् । सुदूरपश्चिमतिर घर भएका खड्काले केही समयदेखि भण्डारीको आईडी दुरुपयोग गरेर अरूसँग कुराकानी गर्दा अश्लील शब्दहरू प्रयोग गर्ने गरेका थिए । अरूलाई अश्लील शब्द प्रयोग गर्नुका साथै कसैकसैलाई भने आफूले मोबाइलमा रिचार्ज गरिदिएको समेत लेखिएको थियो ।
भक्तपुरको शिक्षा विभागमा शाखा–अधिकृत तहमा कार्यरत भण्डारीको च्याट–संवाद सार्वजनिक भएपछि कर्मचारी वृत्तमा निकै हंगामा मच्चिन पुगेको थियो । तर, अर्कै व्यक्तिले दुरुपयोग गरेर अश्लील शब्दहरू लेखेको रहस्य पत्ता लागेपछि भने यो हंगामा सेलाएको छ । भण्डारीको फेसबुक दुरुपयोग गर्ने खड्का भने अहिले नेपालमा छैनन् । उनी भागेर भारततिर पुगिसकेको बताइन्छ । भण्डारीलाई बदनाम तुल्याउने हेतुले नै उनले भण्डारीको फेसबुक आईडी दुरुपयोग गरेको बुझिएको छ ।
उपाध्यक्ष भण्डारी भने यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराज आचार्यलाई कुटेर चर्चामा आएका थिए । केही वर्षअघि उनले उपसचिव आचार्यलाई मन्त्रालयको हातामै राखिएको गमला उठाएर पिटेका थिए । जुम्लाका एकजना कर्मचारीलाई आफूले भनेको ठाउँमा सरुवा नगरिदिएपछि उनले आचार्यलाई गमलाले हानेका थिए । आचार्यले ‘हुन्छहुन्छ’ भन्दै झुलाएको आरोप लगाएर गमलाले प्रहार गरिएको थियो । तर, यो प्रकरण बाहिरिएपछि कर्मचारी संगठनको रोहवरमा सामसुम पारिएको थियो । उपसचिव आचार्यले पनि भण्डारीविरुद्ध कतै उजुरबाजुर नगरेका हुँदा त्यतिबेला उनी जोगिन पुगेका थिए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply