ताराबहादुरको तारिफयोग्य अगुवाइ
काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरले शनिबारसम्ममा १२ सय ४८ जनालाई राहत बाँडेका छन् । कोरोना भाइरसका कारण भएको लकडाउन र निषेधाज्ञामा मानिसको जनजीवन असहज भएको भन्दै उनले समाजको गरिखाने वर्गलाई राहत बाँडेका हुन् । उनको यो सामाजिक काम तारिफयोग्य भएको भन्दै सर्वत्र प्रशंसा गरिएको छ ।
शनिबार उनले आफ्नै कार्यालय बाफलमा काठमाडौं महानगरपालिकाकीउपप्रमुख हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा १ सय ३ जनालाई राहतस्वरूप चामल, दाल, तेल, नुनलगायतका सामग्री वितरण गरेकाहुन् । समाजमा चर्चा कमाउन आफुले यो काम नगरेको उनको भनाइ छ । आफू पनि दुख गरेर आएको हुनाले समाजका तल्लो वर्गको दुःखमा साथ दिन पाउँदा आफूलाई सन्तोष मिल्ने उनी बताउँछन् ।
उनी चक्रपथ सफाइ अभियानका प्रमुख अभियन्ता पनि हुन् । उनले पछिल्लो समयमा रक्तदान अयिभानसमेत चलाएका छन् । उनले दुई सातासम्ममा ५२ पाउन्ड रगत संकलन गरेका छन् । उनले पहिलो हप्तामा २४ र दोस्रो हप्तामा २८ पाउण्ड रगत संकलन गरेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई बुझाइसकेका छन् । उनी रक्तदान अभियान निरन्तर सञ्चालन गरिरहने बताउँछन् । उनी आफ्ना तर्फबाट कसैको लागि हित हुन्छ भने सानोतिनो खर्च भयो भनेर वास्ता गर्न नहुने बताउँछन् । ‘एउटा मानिसलाई दुःख पर्दा अर्को मानिस चुपचाप बस्न मिल्दैन भनेर आफूसँग भए पनि नभए पनि उदार मनले राहत बाँडेको हुँ,’ उनले भने । उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक हुन् । उनले लकडाउनमा समस्या परेको भन्दै आफूले लगाएको घरभाडामा पनि छुट गरिदिएका थिए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply