पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभावको सर्वेक्षण
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । सेयरकास्ट इनिसएिटिभक नेपालको सहकार्यमा महासंघले गरेको सर्वेक्षणको नतिजा भर्चुअल माध्यमबाट कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोभिड–१९ महामारीको समयमा पत्रकारको पेसागत समस्या तथा सञ्चारमाध्यमले भोग्नुपरेको अवस्थाको यथार्थता थाहा पाउन सर्वेक्षण गरिएको बताए ।
महासंघका पूर्वसभापति डा. सुरेश आचार्यले सञ्चारगृहले कोरोनाको बहानामा पत्रकारलाई पेसाबाट वञ्चित गर्न नमिल्ने बताए । उनले मिडिया सञ्चालकहरूले वर्षौंदेखि कमाएको नाफालाई बिर्सिएर केही महिनाको घाटा देखाउँदै मिडिया बन्द गर्ने र पत्रकार निकाल्ने काम गर्नु गलत भएको बताए ।
यस्तै महासंघका पूर्वसभापति तारानाथ दाहालले सर्वेक्षणमा सहभागी पत्रकारहरूले पेसाप्रति देखाएको आशाले उत्साहित बनाएको बताए । उनले यो सर्वेक्षणको नतिजाले नेपाली पत्रकारिता क्षेत्रमा कोभिड–१९ का कारण सिर्जना भएको अवस्थालाई स्पष्ट पारेको बताए ।
महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले सर्वेक्षणले कोभिड–१९ महामारीले पत्रकारको पेसागत सुरक्षामा ठूलो असर पारेकाले पेसागत संकटमा परेका पत्रकारबारे महासंघले पहल कदम लिनुपर्ने धारणा राखे ।
सेयरकास्टका अनुसन्धानकर्ता मधु आचार्य र भूमि चापागाइँले सर्वेक्षणमा अपनाइएको विधि र नमुना छनोटबारे प्रकाश पार्नुभयो । त्यसैगरी कार्यक्रमका सहजकर्ता एवं महासंघका सचिव प्रकाश थापाले सर्वेक्षणको नतिजाले अहिलेको विषम परिस्थितिबाट सिंगो पत्रकारिता क्षेत्र माथि निस्कनु कोसेढुंगा साबित हुने बताए ।
कार्यक्रममा महासंघ केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियटका अध्यक्षहरूलगायत सञ्चारविज्ञहरूको सहभागिता थियो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply