पुस्तकमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङ फिङले नेपाल भ्रमण गर्नुभएको एक वर्ष पूरा भएको अवसर पारेर नेपाल–चीन मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेन्ट सी जिङ फिङ्स नेपाल भिजिट ः अ पिक्चोरियल गाइड’ (एचभकष्मभलत ह्ष्’क ल्भउब िख्ष्कष्त स् ब् एष्अतयचष्ब िन्गष्मभ) को सोमबार पूर्वप्रधानमन्त्री, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले सार्वजानिक गरेका छन् ।
सो समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाल–चीन सम्बन्ध सधैं हार्दिक र सुमधुर रहेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै कसिलो र घनीभूत बनाउनु पर्ने बताए । चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो भन्ने समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले भने, ‘कागजी रूपमा त लाभ लियौं तर व्यावहारिक रूपमा कति लाभ लिन सक्यौ ? बेल्ट एन्ड रोड इनिसियटिभ्सबाट कति लाभ लिन सक्यौं ? यसको स ीमक्षा गर्दै भएका सहमति कार्यान्वयनमा जोड दिनुपर्छ ।’ नेपाल चीनको विश्वासिलो मित्र भएको भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामी चीनसँग अझ विश्वासिलो र साझेदार देशका रूपमा अघि बढ्न चाहान्छौं ।’
पछिल्लो समय सी जिन फिङले चीनको नेतृत्व सम्हाल्नु भएपछि उनले बेल्ट एन्ड रोडसम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडि सारेको उल्लेख गर्दै नेपालले भने, ‘पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले ग¥यो । उहाँ आएपछि यो अवधारणालाई अझ गति प्रदान गर्नुभयो । सिंगो मानवजातीको साझा भविष्यको परिकल्पना गर्दै सबैलाई आर्थिक रूपले लाभ हुने जुन प्रस्ताव अगाडि सार्नुभयो, त्यो अत्यन्तै सराहनीय छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले सन् १९६५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महŒवपूर्ण आयामहरूबारे चर्चा गरे । सीमासम्बन्धी सन्धि, पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा भएको व्यापार तथा पारवहनसम्बन्धी सम्झौता, बेल्ट एन्ड रोड इनिसियटिभ्समा नेपालको हस्ताक्षर, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भ्रमणका रूपमा राष्ट्रपति विद्या भण्डारीले गरेको चीन भ्रमण र चीनका राष्ट्रपतिबाट २३ वर्षपछि भएको सिको नेपाल भ्रमण दुई देशवीचको सम्बन्धमा कोसेढुंगा भएको उनले बताए । चीन विश्वमै उत्पादनको घर र ठूलो व्यापार साझेदार देश भएको उल्लेख गर्दै पूर्वराजदूत पौड्यालले नेपालले चीनबाट लिन सक्ने लाभका विविध पक्षबारे उल्लेख गरे । उनले भने, ‘विश्वमा उदीयमान देश चीनजस्तो छिमेकी मुलक चीनबाट लाभ लिन सकेमा नेपालको समृद्धिको लक्ष्य पूरा हुन सक्छ र नेपाल पनि चीनसँगसँगै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सक्छ ।’
विश्वमै ठूलो व्यापार साझेदार चीन जस्तो मुलुकको प्रभावशाली नेताको भ्रमण नेपालका लागि ताŒिवक र आधारभूत रूपमै भिन्न र विशेष रहेको उनले बताए । त्यति मात्र नभएर उक्त भ्रमण विश्व परिस्थिति र हाम्रो आन्तरिक कारणले पनि महŒवपूर्ण रहेको उनको भनाइ थियो । राष्ट्रपति सी को भ्रमणका बेला चीनका लागि राजदूतसमेत रहेका पौड्यालले उक्त भ्रमण गराउँदाका आफ्ना अनुभव पनि बताए ।
कार्यक्रममा नेपाल–चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको सीको भ्रमण नेपालका लागि विशेष दिनका रूपमा रहेको र यसले द्विपक्षीय सम्बन्धमा विशेष महŒव बोकेको बताए ।
आज सार्वजनिक गरिएको पुस्तक ‘प्रेसिडेन्ट सी जिङ फिङ्स नेपाल भिजिट ः अ पिक्टोरियल गाइड’ मा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, सन योङ÷बिएम रेग्मीका लेखहरू समावेश छन् । साथै, पुस्तकमा दुई देशका भएका संयुक्त वक्तव्यहरू, दुई देशका उच्चस्तरीय भ्रमणमा भएका सम्झौताहरू, सी भ्रमणका तस्बिर र साथै सी भ्रमणका बेला नेपाली छापा माध्यममा प्रकाशित सामग्रीहरू पनि समावेश गरिएको छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply