लेखापढी को २६ औं वार्षिकोत्सव

काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले स्थापनाको २६ औं वार्षिकोत्सव मनाएको छ । काठमाडौँ डिल्लीबजारस्थित केन्द्रीय कार्यालय परिषरमा स्वास्थ्य सुरक्षाका मापदण्डसहित दीपप्रज्वलन तथा शुभकामना आदानप्रदान गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो ।
कार्यक्रम एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको सभापतित्व तथा नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लीलामणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एसोसिएनका निवर्तमान अध्यक्ष तेजप्रसाद ढकाल, पूर्वअध्यक्ष अर्जनप्रसाद घिमिरे, तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख तुनाबहादुर श्रेष्ठको विशेष आथित्यता रहेको थियो ।
एसोसिएसनको केन्द्रीय विभागीय समितिहरुकोतर्फबाट केन्द्रीय पेशागत दक्षता अभिवृद्धि समितिका संयोजक अधिवक्ता कृष्णप्रसाद ढुङ्गानाले कार्यक्रमका सहभागिहरुलाई स्वागत गरेका थिए । एसोसिएसनका केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल (नवराज) ले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय समितिसहित विभिन्न जिल्ला तथा इकाई समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । विशेष सतर्कतासाथ आयोजित कार्यक्रममा मास्क, सेनिटाइजरको उचित प्रयोगसहित पर्याप्त भौतिक दूरी कायम गरिएको थियो ।
२६औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै प्रमुख अतिथि अधिवक्ता लीलामणि पौडेलले पेशागत मर्यादामा रही लेखापढी व्यवसायीले सेवाग्राही र कार्यालयबीच समन्वय राखेको भन्दै प्रसंशा गरे । आफू पनि लेखापढी व्यवसायीबाटै कानून क्षेत्रमा प्रवेश गरेर अहिले अधिवक्ता बनेको स्मरण गर्दै उनले पेशागत मर्यादा हरेक व्यवसायीकोलागि अपरिहार्य भएको बताए । पेशागत हकहीत र अधिकारकालागि एसोसिएसनले चालेका कदमहरु सराह्रनीय भएको पनि उनले बताए । कार्यक्रममा बोल्दै मालपोत कार्यालय डिल्लीबजारका प्रमुख तुनाबहादुर श्रेष्ठले कार्यालयका कामकाजमा लेखापढी व्यवसायीका कारण सेवाग्राहीलाई सहज भएको उल्लेख गरे । सेवाग्राही र कार्यालयबीच समन्वयकारी भूमिका निर्वाह गर्न लेखापढी व्यवसायीको अहम भूमिका रहेको उनले उल्लेख गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालले २५औं वार्षिकोत्सवसम्म जसरी मनाइयो त्यसरी नै २६औं वार्षिकोत्सव मनाउने योजना कोभिडका कारण पुरा हुन नसकेको बताए । स्वास्थ्य संकटको बेला भएकोले सांकेतिक रुपमा मात्रै वार्षिकोत्सव मनाइएको उनले बताए । कार्यक्रममा सहभागी र यो अवसरमा शुभकामना र शुभेच्छा प्रकट गर्ने सम्पूर्णमा उनले धन्यवादसमेत ज्ञापन गरे । पेशागत क्षेत्रमा देखिएका समस्या समाधान गर्न जुन प्रयास हुनु पर्ने हो त्यो नभएको भन्दै पेशागत क्षेत्रमा देखिएका समस्याहरु लेखापढी व्यवसायीहरुका कारण मात्रै भएका हुन् भन्ने सरकारमा भ्रम रहेको पनि उनले बताए । यो भ्रम चिर्न सबै लेखापढी व्यवसायी लागिपर्न पनि उनले आह्वान गरे । आउँदै गरेको वडादसैं, तिहार, छठ, नेपाल संवत लगायतका चाडपर्वको अवसरमा पनि उनले सबैलाई शुभकामना व्यक्त गरे । पूर्वअध्यक्ष अर्जुनप्रसाद घिमिरेले एसोसिएसनले चालेका कदमहरुले पेशागत हकहित अभिवृद्धिका लागि ठूलो योगदान पुगेको उल्लेख गरे । तत्कालीन लेखापढी व्यवसायी संघ चितवनको आयोजनामा चितवनमा मिति २०५२ असोज २७–२८ मा सम्पन्न भएको प्रथम राष्ट्रिय अधिवेशनबाट एसोसियसनको केन्द्रीय रुप गठन भएको थियो ।
सम्बन्धित समाचार
-
चलखेलमा शिक्षा मन्त्री देखिए अब्बल
-
गृहमन्त्री र गृहसचिवकै खर्च डेढ करोड
-
सचिव सरुवामा व्यापक असन्तुष्टि
- वर्तमान उत्सव
-
गृह सचिवमा अर्याल कि गौतम ?
-
प्रधानमन्त्रीका वचनले उपप्रधानमन्त्री–मुख्यमन्त्रीलाई घोच्दैन ?
-
जबज छाड्ने केपी ओली नै हुन्
-
ईश्वरलाई जता गयो त्यतै कालो झन्डा
-
फास्ट ट्र्याकमा यस्तोसम्म चलखेल
-
अख्तियारको ३० औं प्रतिवेदन
-
प्रभावशाली व्यक्तिहरूकै संरक्षणमा जनताको उठीबास
-
वामदेव र बादलमाथि भरोसा
Leave a Reply