अख्तियारको प्रभावमा गृह
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य काम अनियमितिता तथा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने गृह मन्त्रालयको काम मुलुकमा शान्ति सुरक्षा र अमनचैनलाई चुस्त बनाउने हो । यी दुई निकायको कामको प्रकृति फरक भए पनि अख्तियारले चलाउने सक्ने डण्डाको त्रासका कारण गृह मन्त्रालय नै अख्तियारको प्रत्यक्ष प्रभावमा पर्ने गरेको छ ।
कतिसम्म भने अख्तियारको प्रमुख आयुक्तले काठमाडौंजस्तो मुलुकको केन्द्रीय राजधानीको प्रमुख जिल्ला अधिकार कसलाई बनाउने भन्ने हैसियत राख्छन् । हालै सरुवा भएर आएका काठमाडौं जिल्ला प्रमुख कालीप्रसाद पराजुली अख्तियार प्रमुख नवीन घिमिरेको जोडबलमा त्यहाँ आएको बताइन्छ । पराजुली यसअघि अख्तियारमै थिए । पराजुली मात्र होइन, पछिल्लो झन्डै पाँच वर्षको अवधिलाई हेर्ने हो भने काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएर आएका सबै त्यसअघि अख्तियारमै बसेर आएका छन् । यसलाई संयोग मात्र नभएर अख्तियारको प्रभावका रूपमा हेर्ने गरिएको छ । पराजुलीभन्दा अघिका सीडीओ जनकलाल दाहाल, उनीभन्दा अगाडिका रामप्रसाद आचार्य र उनीभन्दा पनि अघिका रामकृष्ण सुवेदी सबै पहिले अख्तियारमा बसेर अनि काठमाडौं सीडीओ भएर आएका हुन् ।
त्यति मात्र होइन, अहिलेका गृह सचिव महेश्वर न्यौपाने पनि अख्तियारबाटै गृहमा आएका हुन् । अख्तियारमा रहँदा सुरासुन्दरीदेखि भ्रष्टाचारका अनेक काण्डमा बदनामी कमाएका न्यौपानेभन्दा अघिका गृह सचिव प्रेमकुमार राई पनि अख्तियारमै बसेर आएका थिए ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply