अख्तियारको प्रभावमा गृह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य काम अनियमितिता तथा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने गृह मन्त्रालयको काम मुलुकमा शान्ति सुरक्षा र अमनचैनलाई चुस्त बनाउने हो । यी दुई निकायको कामको प्रकृति फरक भए पनि अख्तियारले चलाउने सक्ने डण्डाको त्रासका कारण गृह मन्त्रालय नै अख्तियारको प्रत्यक्ष प्रभावमा पर्ने गरेको छ ।
कतिसम्म भने अख्तियारको प्रमुख आयुक्तले काठमाडौंजस्तो मुलुकको केन्द्रीय राजधानीको प्रमुख जिल्ला अधिकार कसलाई बनाउने भन्ने हैसियत राख्छन् । हालै सरुवा भएर आएका काठमाडौं जिल्ला प्रमुख कालीप्रसाद पराजुली अख्तियार प्रमुख नवीन घिमिरेको जोडबलमा त्यहाँ आएको बताइन्छ । पराजुली यसअघि अख्तियारमै थिए । पराजुली मात्र होइन, पछिल्लो झन्डै पाँच वर्षको अवधिलाई हेर्ने हो भने काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएर आएका सबै त्यसअघि अख्तियारमै बसेर आएका छन् । यसलाई संयोग मात्र नभएर अख्तियारको प्रभावका रूपमा हेर्ने गरिएको छ । पराजुलीभन्दा अघिका सीडीओ जनकलाल दाहाल, उनीभन्दा अगाडिका रामप्रसाद आचार्य र उनीभन्दा पनि अघिका रामकृष्ण सुवेदी सबै पहिले अख्तियारमा बसेर अनि काठमाडौं सीडीओ भएर आएका हुन् ।
त्यति मात्र होइन, अहिलेका गृह सचिव महेश्वर न्यौपाने पनि अख्तियारबाटै गृहमा आएका हुन् । अख्तियारमा रहँदा सुरासुन्दरीदेखि भ्रष्टाचारका अनेक काण्डमा बदनामी कमाएका न्यौपानेभन्दा अघिका गृह सचिव प्रेमकुमार राई पनि अख्तियारमै बसेर आएका थिए ।
सम्बन्धित समाचार
-
चलखेलमा शिक्षा मन्त्री देखिए अब्बल
-
गृहमन्त्री र गृहसचिवकै खर्च डेढ करोड
-
सचिव सरुवामा व्यापक असन्तुष्टि
- वर्तमान उत्सव
-
गृह सचिवमा अर्याल कि गौतम ?
-
प्रधानमन्त्रीका वचनले उपप्रधानमन्त्री–मुख्यमन्त्रीलाई घोच्दैन ?
-
जबज छाड्ने केपी ओली नै हुन्
-
ईश्वरलाई जता गयो त्यतै कालो झन्डा
-
फास्ट ट्र्याकमा यस्तोसम्म चलखेल
-
अख्तियारको ३० औं प्रतिवेदन
-
प्रभावशाली व्यक्तिहरूकै संरक्षणमा जनताको उठीबास
-
वामदेव र बादलमाथि भरोसा
Leave a Reply