विज्ञापनलाई ‘हन्डी’ भन्नेलाई नै बोर्डमा नियुक्ति
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड पहिलोपटक प्रधानमन्त्री र कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा सुरुवात भएको विज्ञापन बोर्डले पूर्णता पाएको छ । सञ्चारमन्त्री पार्वत गुरुङको कार्यकालमा कार्यान्वयनमा आएको विज्ञापन बोर्डको सदस्यमा प्रेस संगठनका नेता तथा वरिष्ठ पत्रकार बलराम थापा, एबिसी टेलिभिजनका प्रमुख शुभशंकर कँडेल, संविधानसभा सदस्य तथा राजधानी दैनिकका प्रमुख महेन्द्रबहादुर शेरचन, ब्रोडकास्टङि एसोसिएसन अफ नेपाल बानका अध्यक्ष चन्द्र न्यौपाने र सामुदायिक रेडियो प्रसारक संघ एको¥याबका सचिव वन्दना दनुवारलाई नियुक्ति गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उनीहरूलाई नियुक्तिपत्र प्रदान गर्दै सफलताका साथ काम गर्न शुभकामनासमेत दिए ।
लामो समयदेखि विज्ञापन बोर्ड गठन गरेर त्यसमार्फत उपयुक्त नीति अघि समानुपातिक विज्ञापन प्रणाली लागु गर्न माग गर्दै आएको सन्दर्भमा बोर्ड गठन हुनुलाई सकारात्मक संकेतका रूपमा लिइएको छ । मुलुकमा अहिले करिब १२ अर्ब रुपैयाँको विज्ञापन बजार छ । सबै पक्षलाई समेटेर एकद्वार प्रणालीमार्फत अघि सार्दा सो अंक २० अर्ब पुग्न सक्ने नेपाल विज्ञापन संघको आँकलन छ । चालु १२ अर्ब बजेटमध्ये आम सञ्चारका माध्यम अखबार, रेडियो, टेलिभिजन र अनलाइनहरूमा ७ अर्ब र होर्डिङ बोड, फ्लेक्स बोर्ड इत्यादिमा ५ अर्ब खर्च भइरहेको बताइन्छ । सो बोर्डमा लामो समयदेखि पत्रकारितामा आबद्ध भई वर्गीयता पक्षधर आन्दोलनमा समेत संलग्न भई साना तथा स्वरोजगारमुखी मिडिया सञ्चालन गरिरहेको बलराम थापादेखि सञ्चार उद्यमी शेरचन र कँडेलसम्म छन् । त्यसबाहेक रेडियो सञ्चालकहरूको प्रतिनिधिमूलक संगठनका प्रतिनिधि न्यौपाने र दनुवारसमेत छन् । त्यस हिसाबले हेर्दा टिम समावेशी नै रहे पनि शुभशंकर कँडेलजस्ता असहिष्णु पात्रले गर्दा कतै सरकारको स्पिरिटअनुसार काम गर्न समस्या पर्ने हो कि भन्ने आशंका अहिल्यैबाट बढेको छ । कँडेल अहिले सीमित सञ्चार मालिकहरूको संस्था मिडिया सोसाइटीका अध्यक्ष छन् । आफ्नो धरातल र विगतको हैसियत भुलेर आफूलाई अर्कै ढंगले प्रस्तुत गर्दै आएका कँडेलले सरकारले प्रेस काउन्सिलको वर्गीकरणको आधारमा मिडियाहरूलाई लोकल्याणकारी विज्ञापन दिँदै आएकोमा उनले त्यसलाई ‘हन्डी’ भन्ने गरेका छन् । यसरी कुनै सामग्री प्रसारण गरेर वा छापेर त्यसबापत भुक्तानी लिने कुरालाई विज्ञापन भन्नुपर्नेमा हन्डी भनेर अपव्याख्या गर्ने व्यक्ति नै विज्ञापन बोर्डको सदस्य रहनुले आशंका जन्माएको हो । उनले केही दिन अघि नेपाली पत्रकारहरूको अन्तरष्ट्रिय सञ्जाल इन्जाको जुममार्फत भएको मिडिया कन्फरेन्समा प्रस्तुत कार्यपत्रमा त्यस्तो गलत धारण अभिव्यक्त गरेका रहेछन् । वरिष्ठ पत्रकार तथा आमसञ्चार विषयका अध्यापक घमराज लुइँटेलले सो कन्फरेन्समा प्रस्तुत गरेको कार्यपत्रमा कँडेलले त्यस्तो बताएका हुन् । उनले लोककल्याणकारी विज्ञापन दिन बन्द गरिनुपर्नेसमेत जिकिर गरेको पाइन्छ । उनीजस्तो दुनियाँको रकम सेयर भन्दै लिएर करोडौंको टिभि चलाउनेलाई लोककल्याणकारी विज्ञापनमार्फत सरकारले दिएको भुक्तानी ठूलो रकम नहोला तर आफैं काममा खटेर मिडिया चलाउनेहरूलाई सो विज्ञापन पनि ठूलो राहत हो । कोरोना भाइरसको संकटको बेला सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले भोग्नुपरेको समस्या र पारेको असरबारे केन्द्रित उक्त कार्यपत्रमा कँडेलले दिएको त्यस्तो अभिव्यक्तिलाई आम पत्रकारहरूले राम्रो मानेका छैनन् । पत्रकारको एक घण्टाको श्रमको रकम पनि मिडिया हाउसले तलमाथि गर्नुुहुन्न भन्ने विचार सो कार्यपत्रमार्फत राखेका कँडेलले आफ्नो टिभीमा काम गर्ने कर्मचारीहरू तलब नपाएर रुँदै हिँडेको भने पक्कै बिर्सिएको हुनुपर्छ । काम छाडेको पाँच–सात वर्षसम्ममा पनि केही क्यामरामेनहरूले अझै महिनौंको तलब कँडेलले नदिएको भन्दै गुनासो गर्दै आएका छन् । चालु श्रमजीवी पत्रकार ऐन के–कस्तो ढंगले उनले लागु गरेका थिए भन्ने कुरा त त्यहाँ पहिले काम गरेर छाडेका पत्रकारहरूसंग सोधेमा नै स्पष्ट हुन्छ ।
पहिले निर्मल गुरुङले दर्ता गरेको खबरदार साप्ताहिकको सम्पादक रहेका उनीपछि उनैमार्फत सगरमाथा टिभिमा छिरेर टेलिभिजनको अनुभव बटुलेका पात्र हुन् । सामान्य आर्थिक हैसियतका उनी अहिले त्यही साना लगानीको अखबारको जगमा टेकेर करोडौंको गाडी चड्ने सञ्चार उद्यमी बनेका छन् ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply