सकारात्मक समाचार प्रवाह गर्ने विश्वास

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार माध्यामहरूले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशा जगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चार माध्यमहरूलाई आग्रहसमेत गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारीसँग आइतबार सिंहदरबारमा भएको सामूहिक भेटमा उनले बदलिँदो राजनीतिक परिवेशप्रति संकेत गर्दै समाजलाई निराश, द्वन्द्व र अराजकतातर्फ जान नदिन सञ्चार माध्यामहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए । मन्त्री गुरुङले भने ‘मुलुकमा धेरै सम्भावना छन् । ती सम्भावनाहरूप्रति आशावादी हुँदै समाजप्रति निराशा होइन, द्वन्द्व होइन, अराजकता होइन, नयाँ आशा जगाउने काममा सञ्चार माध्यामहरूले प्रेरित गर्नुपर्छ ।’ समाजलाई सही बाटोमा अघि बढाउने खालका दृष्टिकोणको पक्षमा उभिएर मात्रै व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्न सकिने मन्त्री गुरुङको भनाइ छ ।
मन्त्री गुरुङले कुनै पनि संघ, संस्थामाथि विभेद हुुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । भेटमा फोनिजले मन्त्रालयले दिँदै आएको अनुुदान सहायता कटौती नगर्न, सरकारी सञ्चार माध्यमको समाचार कक्ष तथा प्रशासनिक संरचनालाई पूर्ण समावेशी बनाउनुपर्नेलगायत ११ बुँदे माग गर्दै मन्त्री गुरुङलाई ज्ञापनपत्र बुुझाएको थियो । सो ज्ञापनपत्र बुझ्दै उनले राज्य सबैको साझा भएको उल्लेख गर्दै कुनै पनि खालको विभेद हुन नदिने बताए । कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङ, इन्डिजिनियस कम्युनिटी नेटवर्कका अध्यक्ष जगत दोङ, मन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply