सेराबगरमा नेकपा दाहाल–नेपाल पक्षको भेला सम्पन्न

काठमाडौं । नेकपा शिवपुरीको गाउँपालिका भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गाउँ सगंठन कमिटी शिवपुरीले सेराबगरमा भेला सम्पन्न गरेको छ ।
भेलालाई पूर्वसासंद तथा नेकपा युवा नेता राजेन्द्रप्रकाश लोहनीले सम्बोधन गर्दै प्रधानमन्त्री र राष्ट्रपति मिली सांसद विघटन गरेको र यो असंवैधानिक रहेको दाबी गरे । शिवपुरीमा नेकपा पार्टी एक ढिक्का भएर बढ्ने उनको दाबी थियो । नेकपा क्षेत्र नं. १ क्षेत्रीय सयोजक पदम उप्रेतीले अहिले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटन असंवैधानिक रहेको र पार्टीमा लागेको ठेस विचलित नभई नेता कार्यकर्ताहरू अघि बढ्नुपर्ने बताए ।
नेकपा जिल्ला सदस्य जितेन्द्र विष्टले पार्टी केन्द्रमा विभाजन हुने अवस्था भए पनि शिवपुरीमा नहुने र पार्टी एक भएर अघि बढ्ने बताए । कार्यक्रममा नेकपा नेता राजन श्रेष्ठ, गणेश उप्रेती, मीनबहादुर तामाङ उज्ज्वल खड्का, राजकुमार विक रामचन्द्र थापा मंगलमाया थापा अन्जु तामाङ, कार्यालय सदस्य विष्णु श्रेष्ठ, रामराजा दुलाल, नेकपाबाट स्थानीय तहमा निर्वाचित वडाध्यक्ष पदमबहादुर थपलिया, सीताराम थापा, सदस्य सन्तोष थापा, नेकपा वडा कमिटी अध्यक्ष महेन्द्र पाण्डे, वडा सचिव लालवहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन नेकपा शिवपुरीका सचिव दिनेश अधिकारीले गरेका थिए भने नेकपा शिवपुरी अध्यक्ष वीरबहादुर तामाङको सभापति कार्यक्रम भएको थियो ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply