ईश्वरलाई जता गयो त्यतै कालो झन्डा

काठमाडौं । केपी ओलीलाई पटकपटक उक्साएर पार्टी विभाजनको यो स्थितिसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्दै आएका धुर्त नेता ईश्वर पोखरेललाई कार्यकर्ताहरूले जता गयो त्यतै कालो झन्डा देखाउन सुरु गरेका छन् ।
विगतमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा आफ्नो भूमिका साँघुरिन्छ भनेर एकतामा भाँजो हाल्न लगातार लागेका उनी विभाजनपछि एक कदम माथि उठेर सहकर्मी नेताविरुद्ध विष वमनमा लागेका छन् । उनको यस्तो असह्य कदम र नयाँ जोगीले बढी खरानी घसेजस्तो भूमिका भएपछि अचेल उनलाइ हरेक दिन कालो झन्डाले स्वागत हुन थालेको छ । आइतबार सिन्धुपाल्चोकमा कालो झन्डा बेहोरेका उनलाई मंगलबार पनि सर्लाहीका सयौं कार्यकर्ताले सडकमा बसेर कालो झन्डा प्रदर्शन गरेका छन् । नेकपा नेता रेवती पन्तको अगुवाइमा अखिल नेता आरती लामालगायतको समूहले पोखरेलविरुद्ध कालो झन्डा प्रदर्शन गरेको हो । उनीहरूले मन्त्री पोखरेललाई असंवैधानिक कदमको मतियार भन्दै सयौंका संख्याका कार्यकर्ताले कालो झन्डा प्रदर्शन गरेका हुन् । यसअघि खानेपानीमन्त्री मणिचन्द्र थापालाई पनि जाजरकोटमा स्थानीय कार्यकर्ताले कालो झन्डा प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचार
-
जबज छाड्ने केपी ओली नै हुन्
-
फास्ट ट्र्याकमा यस्तोसम्म चलखेल
-
अख्तियारको ३० औं प्रतिवेदन
-
प्रभावशाली व्यक्तिहरूकै संरक्षणमा जनताको उठीबास
-
वामदेव र बादलमाथि भरोसा
- विज्ञापनलाई ‘हन्डी’ भन्नेलाई नै बोर्डमा नियुक्ति
-
अख्तियारको प्रभावमा गृह
-
डेढ अर्ब राजस्व डुबाउँदै मन्त्री भट्ट
-
लेखापढी को २६ औं वार्षिकोत्सव
-
पुस्तकमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
-
बजार अनुगमनका नाममा नाङ्लो ठटाएर हात्ती तर्साउँदै
- सुराकी लागेपछि दुई गाडी जफत
Leave a Reply