ईश्वरलाई जता गयो त्यतै कालो झन्डा
काठमाडौं । केपी ओलीलाई पटकपटक उक्साएर पार्टी विभाजनको यो स्थितिसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्दै आएका धुर्त नेता ईश्वर पोखरेललाई कार्यकर्ताहरूले जता गयो त्यतै कालो झन्डा देखाउन सुरु गरेका छन् ।
विगतमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा आफ्नो भूमिका साँघुरिन्छ भनेर एकतामा भाँजो हाल्न लगातार लागेका उनी विभाजनपछि एक कदम माथि उठेर सहकर्मी नेताविरुद्ध विष वमनमा लागेका छन् । उनको यस्तो असह्य कदम र नयाँ जोगीले बढी खरानी घसेजस्तो भूमिका भएपछि अचेल उनलाइ हरेक दिन कालो झन्डाले स्वागत हुन थालेको छ । आइतबार सिन्धुपाल्चोकमा कालो झन्डा बेहोरेका उनलाई मंगलबार पनि सर्लाहीका सयौं कार्यकर्ताले सडकमा बसेर कालो झन्डा प्रदर्शन गरेका छन् । नेकपा नेता रेवती पन्तको अगुवाइमा अखिल नेता आरती लामालगायतको समूहले पोखरेलविरुद्ध कालो झन्डा प्रदर्शन गरेको हो । उनीहरूले मन्त्री पोखरेललाई असंवैधानिक कदमको मतियार भन्दै सयौंका संख्याका कार्यकर्ताले कालो झन्डा प्रदर्शन गरेका हुन् । यसअघि खानेपानीमन्त्री मणिचन्द्र थापालाई पनि जाजरकोटमा स्थानीय कार्यकर्ताले कालो झन्डा प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply