फरक स्वाद
कुनै साहित्यिक पत्रिकाले स्वर्ण वा हिरक अंक निकाल्नु खुसी र गौरवको विषय हो । राज्यबाट सदैव उपेक्षाको सिकार हुँदै आएका साहित्यिक पत्रिकाहरू कसरी र कुन स्रोतबाट निस्किरहेका छन् ? यो प्रश्न आफैंमा पीडादायी छ । अझै पनि अधिकांश साहित्यिक पत्रिकाहरू कुनै प्रतिबद्ध व्यक्ति वा संस्थाले आफ्नो गाँस काटेर, खल्ती रित्याएर प्रकाशन हुँदै आएका छन् । त्यही लहरमा पर्दछ– ‘अन्तर्बोध’ पनि । जुन पत्रिकाले स्वर्ण अंक निकाल्न सफल भएको छ र स्वर्ण अंकलाई ‘कथा विशेष’ का रूपमा प्रकाशित गरेको छ ।
२०६१ सालदेखि प्रकाशन हुँदै आएको होमशंकर बास्तोलाद्वारा सम्पादित ‘अन्तर्बोध’ को स्वर्ण अंकमा सातवटै प्रदेशका दुई जना कथासर्जकहरूका सिर्जनालाई स्थान दिइएको छ । आफ्नो स्वर्ण अंकलाई कथा विशेष निकाल्नुको औचित्य प्रस्ट पार्दै भनिएको पनि छ, ‘कथा जीवमा घटेका घटनाको कलात्मक प्रस्तुति होभन्दा फरक नपर्ला । कथामा मानव जीवनमा घटेका घटना, मानवीय पीडा, अभावका कथ्य हुन् भन्ने लाग्छ । नेपाली भाषाको विकास हुँदै आउने क्रमसँगै नेपाली कथा साहित्यको समेत विकास हुँदै आएको देखिन्छ । कथाको विकास प्राथमिक कालदेखि नै भएको पाइन्छ । प्राथमिक तथा माध्यमिककालीन साहित्य संस्कृत साहित्यबाट प्रभावित भएको र त्यस अवधिका कथाहरू धार्मिक, पौराणिक र नैतिक उपदेश दिने किसिमका पाइन्थे । तर, जब कथाको आधुनिकता सुरु भयो, त्यसले जीवनको नयाँ आयामसहित विभिन्न प्रवृत्ति देखा पारेर ल्याएको देखिन्छ ।’
कथा–विशेष अंकमा नेपाली कथा–साहित्यमा लामो समयदेखि कलम चलाइरहेका स्रष्टाहरूका सिर्जनालाई समेटिएका छन् । जसमा, प्रदेश १ बाट विवश पोखरेलको ‘विभा’ र होमशंकर बास्तोलाको ‘रगत’, प्रदेश नं. २ बाट गोपाल अस्कको ‘अन्तरसंवाद’ र नवराज रिजालको ‘आकांक्षा’, बाग्मती प्रदेशबाट गायत्री विष्टको ‘पारिजातको फूल’ र विवश वस्तीको ‘बलबहादुरको हुटेल’, गण्डकी प्रदेशबाट काजी रोशनको ‘मनसरीकी आमा’ र राम विनयको ‘अंश र वंश’, लुम्बिनी प्रदेशबाट भागिरथी श्रेष्ठको ‘बेमौसमको बैंस’ र सनत रेग्मीको ‘किंवदन्ती’, कर्णाली प्रदेशबाट उमालाल आचार्यको ‘सञ्चयकोष’ र कमल नियोलको ‘यात्रा पाँच घन्टाको’ र सुदूरपश्चिम प्रदेशबाट डा. पुष्करराज भट्टको ‘अँध्यारो समयको रेखाचित्र’ र रामचन्द्र नेपालको ‘नछापिएका अक्षर’ शीर्षकका कथाहरू समेटिएका छन् । यसबाहेक कथाकार मातृका पोखरेलको ‘तर यो कथा होइन’ शीर्षकको एउटा कथाले पनि स्थान पाएको छ ।
‘अन्तर्बोध’को स्वर्ण अंकमा स्थान पाएका अधिकांश कथाहरू समसामयिक राजनीति, सामाजिक, सांस्कृतिक क्षेत्रहरूमा देखिएका संगत÷असंगत पक्षहरूलाई उजागर गर्न केन्द्रित छन् । २०६२÷०६२ को जनआन्दोलनपछि समाजका हरेक क्षेत्रमा परिवर्तनका रेखाहरू मात्र कोरिएनन्, त्यसले राजनीतिक र सामाजिक तहमा अनेक विसंगति र महŒवाकांक्षाहरू पनि थपिदिए । माओवादीहरू शान्ति प्रक्रियामा आएपछि देशमा राजनीतिक स्थिरता कायम हुने वातावरण त बन्यो नै, तराई–मधेसका समस्याहरू झन् ज्वलन्त किसिमले उठे । मूलतः यो स्वर्ण अंकमा समेटिएका कथाका कथासर्जकहरूले पछिल्लो डेढ दशकमा देशमा आएका उथलपुथलहरूलाई आफ्नो लेखनको विषय बनाएका छन् । तसर्थ, फरक–फरक प्रदेशका कथाहरू पढ्दा सो प्रदेशका राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत समस्याहरूसमेत उजागर भएका पाइन्छन् ।
कृति ः अन्तर्बोध (स्वर्ण अंक)
सम्पादक÷प्रकाशक ः होमशंकर बास्तोला
पृष्ठ ः १०४
मूल्य ः रु. ५० ।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply