अर्बपति सांसदले पनि छाडेनन् घरमर्मत खर्च
काठमाडौं । संघीय सांसदलाई काठमाडौंमा घर नहुनेहरूका हकमा मर्मत खर्चबापत हरेक महिना मासिक ९ हजार रुपैयाँ दिने नियम छ । तर, अर्बपति तथा व्यापारी पृष्ठभूमिका सांसदले समेत उक्त सुविधा लिइरहेको देखिएको छ । आफ्नै घर भएकाहरूले घर मर्मत गर्नुनपर्ने अवस्थामा समेत त्यो सुविधा नियमित लिइरहेको भेटिएको छ । यो सुविधा प्रचलित ऐनकानुनअनुसारै लिए पनि हरेक महिना त्यसरी मर्मत गरेको भने भेटिँदैन ।
संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७३ को दफा ६ को उपदफा १ मा संघीय संसद् सदस्यलाई आवासको निमित्त सरकारका तर्फबाट सरकारी घरको बन्दोबस्त गरिने भनिएको छ । सरकारी घरको बन्दोबस्त नहुँदासम्म काठमाडौं उपत्यकामा घर नभएका सांसदलाई मासिक १८ हजार आवास सुविधाबापत दिने उल्लेख छ । पाएसम्म कुनै सुविधा नछाड्ने प्रवृत्तिको घर गरेको नेपाली मानसिकता भएकाले बूढानीलकण्ठस्थित विशाल कम्पाउन्ड भएको घरमा बस्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि व्यापारी विनोद चौधरी, मोतीलाल दुगडसम्मले बिनासरम त्यो सुविधा उपभोग गरिरहेको भेटिन्छ ।
त्यस्तै चर्चित ‘क’ वर्गका ठेकेदार रहेका सांसद जिप छिरिङ लामाले पनि मासिक ९ हजार घरमर्मत खर्च लिइरहेका छन् । प्राप्त विवरणअनुसार २ सय ७५ सदस्यीय प्रतिनिधिसभाका ९५ जना र ५९ सदस्यीय राष्ट्रिय सभाका १५ जना गरी १ सय १० सांसदको काठमाडौंमा आफ्नै घर छ । घर भएका कारण उनीहरूले मर्मत खर्चको नाममा घर भाडाको आधा रकम लिइरहेका छन् । संघीय संसद्मा रहेका ३ सय ३४ सांसदको घर भाडा र घर मर्मतका लागि राज्यकोषमा वार्षिक ५० लाखभन्दा बढी व्ययभार पर्ने गरेको छ । घर मर्मत खर्च लिने प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, शशांक कोइराला, बालकृष्ण खाँण, राजेन्द्र महतो, अनिलकुमार झा, नारायण खड्का, चित्रलेखा यादव, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्रबहादुर कार्की, महेश बस्नेत, सुजाता कोइराला, गगनकुमार थापा, पुष्पा भुसाल गौतम, नवीना लामा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, उमेश श्रेष्ठ, मीनेन्द्र रिजाल, विन्दा पाण्डे, विद्या भट्टराई, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, भरतकुमार शाह, प्रेमप्रसाद तुलाचन, भीमसेनदास प्रधान, खगराज अधिकारीलगायत छन् ।
यस्तै काठमाडौंमा घर भएका सांसदहरू अमरेशकुमार सिंह, उमाकान्त चौधरी, कर्मा घले, तुल्सी थापा, कृष्णबहादुर राई, जुलीकुमारी महतो, तिर्था गौतम, तेजुलाल चौधरी, दलबहादुर राना, दिलेन्द्रप्रसाद बडू, निर्जला राउत, पोल्देन छेपाङ गुरुङ, प्रदीप गिरी, प्रेम सुवाल, भूमिप्रसाद त्रिपाठी, मानबहादुर विश्वकर्मा, मायादेवी न्यौपाने, मीना पाण्डे, मोहन आचार्य, राजेन्द्रकुमार केसी, राजेन्द्रप्रसाद श्रेष्ठ, रानी मण्डल, रामबहादुर विष्ट, रेनुकुमारी यादव, लालप्रसाद (एलपी) सावा लिम्बू, लीलादेवी सिटौला, लेखराज भट्ट, बहादुरसिंह लामा, बिनाकुमारी श्रेष्ठ, शरतसिंह भण्डारी, सरिता न्यौपाने, सुजिता शाक्य, सुरेन्द्रकुमार कार्की, सूर्यनारायण यादव, सूर्यप्रसाद पाठक, सञ्जयकुमार गौतमले पनि मर्मत खर्च लिइरहेका छन् । काठमाडौैंमा घर भएका राष्ट्रियसभाका सांसदहरू दीनानाथ शर्मा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रमेशजंग रायमाझी, विमला राई पौड्याल, शारदादेवी भट्ट, शेखरकुमार सिंह, सुमनराज प्याकुरेल, सुमित्रा बिसी, उदय शर्मा पौड्याल, कोमल वली, जितेन्द्र नारायण देव, तारादेवी भट्टले पनि सरकारी मर्मत खर्च लिइरहेका देखिन्छ ।
सांसदहरूलाई काठमाडौं उपत्यकामा घर छ या छैन ? भनेर फर्म भराएर सोही आधारमा आवास खर्च र मर्मत खर्च उपलब्ध गराउने गरिएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्मा रहेका ३ सय ३४ सांसदको घर भाडा र घर मर्मतका लागि राज्यकोषमा वार्षिक ५० लाखभन्दा बढी व्ययभार पर्ने गरेको छ ।
उपत्यकामा घर नभएका २ सय २४ सांसदले भाडा तिर्न १८ हजारका दरले ४० लाख ३२ र घर भएका १ सय १० सांसदले मर्मतका लागि ९ हजारका दरले ९ लाख ९० हजार लिइरहेका छन् । काठमाडौंमा आफ्नै घर भएका अन्य सांसदले महिनैपिच्छे मर्मत गरिरेको पनि पक्कै होइन होला । तसर्थ, उहाँहरूको नैतिकतामा कसी लगाउनुपर्ने देखिएको छ ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply