डीडीसीको बदमासीमा मन्त्री मौन
काठमाडौं । मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी दुग्ध विकास संस्थानले बजारमा दूध वितरण गर्दा समेत त्यसबारे अझसम्म छानबिन प्रक्रिया अघि बढाइएको छैन । कृषि तथा पशुपन्छी मन्त्रालयले छानबिन गर्ने विषयमा कुनै चासो देखाइरहेको छैन ।
अघिल्लो मंगलबार संस्थानबाट उत्पादित दूध गुणस्तरहीन पाइएको थियो । बालाजुमा अवस्थित काठमाडौं दुग्ध विकास आयोजनाले बजारमा बिक्रीका लागि पठाएको दूध गनाउने र खानै नसकिने भएपछि व्यापक गुनासो आएको हो । सो दिन स्ट्यान्डर्ड र टिक मिल्कमा त्यस्तो समस्या आएको थियो । दूधको गुणस्तरीयतालाई लिएर व्यापक गुनासो आए पनि अहिलेसम्म मन्त्रालयले त्यस विषयमा छानबिन गर्नेतिर खासै चासो नदेखाएको बताइन्छ ।
डीडीसीको दूधको गुणस्तरीयतालाई लिएर प्रश्न उठेपछि कृषि मन्त्रालयकै मातहत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीहरूले त्यस विषयमा चासो राखेका थिए । तर, डीडीसीले भने, ‘बालाजु औद्योगिक क्षेत्रले आपूर्ति गरेको पानीमा क्लोरिनको मात्रा बढी भएकाले गन्ध आएको भन्दै हचुवा ढंगले आफ्नो बचाउ गर्दै आएको छ । डीडीसीले औद्योगिक क्षेत्रको गल्ती देखाएर पन्छिने काम गरेपछि विभागले पनि कारबाहीका लागि कुनै पहलकदमी लिन सकेको छैन ।
बालाजु औद्योगिक क्षेत्रले भने आफूले आपूर्ति गरेको पानीमा क्लोरिनको मात्रा बढी भएको कारण दूध गन्हाएको कुरालाई सिधै नकारेको छ । औद्योगिक क्षेत्रले बोरिङ गरेको पानी वितरण गरे पनि त्यसलाई निर्मलीकरण गरेर मात्र वितरण गर्ने गरेको दाबी गरेको छ ।
डीडीसीको उत्पादनमा समस्या देखिए पनि मन्त्री पद्माकुमारी अर्याल र सचिव डा. पेमनारायण कँडेलले अहिलेसम्म पनि छानबिन गर्न तत्परता नदेखाउनुलाई आश्चर्यका रूपमा हेरिएको छ । कृषि मन्त्रालय सम्हालेपछि कृषिमा सुधार गर्न आफू अग्रसर रहेको गुड्डी हाँक्ने मन्त्री अर्याल डीडीसीको दूध प्रकरणमा भने किन मौन रहेकी छन् ? बुझ्न सकिएको छैन ।
डीडीसीको दूधमा समस्या आएपछि बिक्रीसमेत प्रभावित बन्न पुगेको छ । एक हप्तायता दूधको बिक्रीमा ५० प्रतिशत कमी आएको सूत्रको दाबी छ । वितरकहरूले पनि गुणस्तरीय नसुधारेसम्म बिक्री गर्न कठिनाइ भएको भन्दै आएका छन् । सरकारी स्वामित्वमा रहेको डीडीसीले नेपाली दुग्ध बजारमा ठूलो हिस्सा ओगटेको भए पनि बेलाबखतमा गुणस्तरीयतामा हेलचेक्रयाइँ गर्दा उपभोक्ताहरूले कम गुणस्तरको दूध खान बाध्य हुँदै आएका छन् ।
संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलको नालायकीले संस्थानमा भद्रगोल भएको हो । डीडीसीले पछिल्लोपटक बजारमा दुर्गन्धित दुध बिक्री गर्दै आएको आरोप लागेको छ । संस्थानका महाप्रबन्धक पौडेलले डीडीसीको दुध उपभोग गर्नसमेत आन्तरिक सर्कुलर जारी गरेका छन् । डीडीसीको दुर्गन्धित दुध बजारमा बिक्री भइरहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निगरानी बढाएको छ । विभागका कर्मचारीहरूलाई उपभोक्ताकर्मीहरूले गुनासो गरेपछि विभागले सक्रियता बढाएको बताइन्छ । पछिल्लोपटक धुलो पाउडर पानीमा घोलेर डीडीसी ब्रान्डको दूध बेचिरहेको डीडीसीको दूधबारे व्यापाक गुनासो आइरहेको छ । हेलो सरकारदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसम्म उजुरी परेको छ । तर नियामक निकायले खासै चासो देखाएको छैन । चासो राख्नेहरूलाई महाप्रबन्धक पौडेलले उत्पादनको कोसेली र अन्य आर्थिक सहयोग गर्ने गरेको थाहा भएको छ । एक दैनिक पत्रिकामा प्रकाशित समाचारको खण्डन गर्न महाप्रबन्धक पौडेलले लाखौं खर्च गरेका छन् । आश्चर्य त के भने अघिल्लो दिन डीडीसीको दुर्गन्धित दूध बजारमा भनेर समाचार प्रकाशन गर्ने एक राष्ट्रिय दैनिकले नै महाप्रबन्धक पौडेलको खण्डनलाई विज्ञापन बनाएर प्रकाशन गरेको छ । खण्डनअनुसार चैत २४ गते बजारमा आपूर्ति भएका डीडीसीका केही लटका दूधमा फरक बास्ना आएको उपभोक्ताको गुनासो थियो । काठमाडौं दुग्ध वितरण आयोजनाबाट उक्त कमजोरी भएको र पानीमा समस्या भएको पत्ता लागेको डीडीसीको विज्ञप्तिमा उल्लेख छ । दूधमा फरक बास्ना आए पनि स्वास्थ्यमा कुनै असर नपर्ने महाप्रबन्धक पौडेलको दाबी छ । यद्यपि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डीडीसीको दूधको नमुना संकलन गरी परीक्षणका लागि ल्याबमा लगेको छ । ल्याबबाट रिपोर्ट नआउँदै पौडेलले स्वास्थ्यमा कुनै पनि असर नगर्ने ठोकुवा गरेका छन् । उनले डीडीसीको दुधमा समस्या आएको र आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धता समेत जनाएका छन् । पौडेलले दुर्गन्धित र विवादित बनेको डीडीसीको दुग्धजन्य पदार्थसेवनका लागि अनुरोधसमेत गरेका छन् ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply