भारत खाद्य तेलमा आत्मनिर्भर हुँदै
नयाँदिल्ली । खाद्य तेलमा आत्मनिर्भर हुने उद्देश्यले भारतले आन्तरिक तेलहन उत्पादनलाई बढावा दिन १ सय १० अर्व रुपैयाको परियोजना अगाडि सार्ने भएको छ । यसले ठूलो मात्रामा भएको खाद्य शाकाहारी तेलको आयात व्यापारलाई बिस्थापन गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
भारत विश्वकै ठूलो खाद्य तेल आयातकर्ता मुलुक हो । भारतले बार्षिक करिव १० अर्व डलरको तेल आयत गर्दछ । भारतले इन्डोनेसिया र मलेसियाबाट पाम तेल, ब्राजिल र अर्जेन्टिनाबाट सोयल तथा रुस र युक्रेनबाट सनफ्लावर तेल आयात गर्ने गरेको छ । भारतले चिनी, चामल जस्ता कृषि उत्पादनहरु विश्व बजारमा निर्यात गर्ने गर्छ । तर,आन्तरिक तेलहन उत्पादन भने चामल र गहुँको तुलनामा ६ गुणा कम रहेको छ ।
अब भारत सरकारले राष्ट्रिय योजना अन्र्तगत १ सय १० अर्ब रुपियाँ तेलको उन्नत बीउ, प्रविधिलगायतका चीज खरिदका लागि किसानलाई उपलब्ध गराउने प्रधानमन्त्री मोदीले ट्वीटर मार्फत जानकारी गराएका छन् ।
‘जब भारत कृषि उपज निर्यातमा विश्वमै प्रमुख देशका रुपमा उदाउँदै छ भने हामी तेलहनमा परनिर्भर हुनु हुँदैन,’ प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन् ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
इस्लामाबादमा ठूलो कूटनीतिक हलचल: अमेरिका–इरान वार्ता सुरु
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply