साहित्यकार तारानाथ शर्माको निधन
३ फागुन, काठमाडौं । लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवासमा शर्माको निधन भएको हो । उनी १९९१ असार ९ गते निर्जला एकादशीको दिन जन्मिएका थिए । उनका निकटका ज्योतिष राजकुमार सुवेदीका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि हुनेछ ।
लेखनमा शोखिन शर्मा अस्वस्थताका कारण विगत एक वर्षदेखि लेखनमा सक्रिय थिएनन् । पारिवारिक सदस्यका अनुसार उनी बेला-बेलामा बिर्सने र मान्छे नचिन्ने अवस्थामा पुगेका थिए । एम. ए (अङ्ग्रेजी साहित्य), पी. एच. डी.(भाषा विज्ञान) गरेका उनले मदन पुरस्कार, साझा पुरस्कारबाट सम्मान पाएका थिए । ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । शर्माले ‘सम र समका कृति’ का लागि २०२९ सालमा साझा पुरस्कार पाए । २०२३ सालमा रत्नश्री स्वणर्पदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार पाउन सफल भएका थिए ।
शर्माको पहिलो सिर्जना निबन्ध हो, २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा छापिएको थियो । खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकाले । ‘हिमध्वनि’ भन्ने पत्रिकाको सम्पादन गर े। उनको प्रकाशितमध्ये अन्तिम कृति ’चरी भरर’ निबन्ध सङ्ग्रह हो । उनको थर भण्डारी भए पनि बनारसमा पढ्न गएपछि नाममा शर्मा लेख्न थालेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
Leave a Reply