साहित्यकार तारानाथ शर्माको निधन
३ फागुन, काठमाडौं । लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवासमा शर्माको निधन भएको हो । उनी १९९१ असार ९ गते निर्जला एकादशीको दिन जन्मिएका थिए । उनका निकटका ज्योतिष राजकुमार सुवेदीका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि हुनेछ ।
लेखनमा शोखिन शर्मा अस्वस्थताका कारण विगत एक वर्षदेखि लेखनमा सक्रिय थिएनन् । पारिवारिक सदस्यका अनुसार उनी बेला-बेलामा बिर्सने र मान्छे नचिन्ने अवस्थामा पुगेका थिए । एम. ए (अङ्ग्रेजी साहित्य), पी. एच. डी.(भाषा विज्ञान) गरेका उनले मदन पुरस्कार, साझा पुरस्कारबाट सम्मान पाएका थिए । ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । शर्माले ‘सम र समका कृति’ का लागि २०२९ सालमा साझा पुरस्कार पाए । २०२३ सालमा रत्नश्री स्वणर्पदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार पाउन सफल भएका थिए ।
शर्माको पहिलो सिर्जना निबन्ध हो, २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा छापिएको थियो । खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकाले । ‘हिमध्वनि’ भन्ने पत्रिकाको सम्पादन गर े। उनको प्रकाशितमध्ये अन्तिम कृति ’चरी भरर’ निबन्ध सङ्ग्रह हो । उनको थर भण्डारी भए पनि बनारसमा पढ्न गएपछि नाममा शर्मा लेख्न थालेका थिए ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply