एमसीसीलाई अर्को बैठकबाट निष्कर्षमा पुर्याउँछौं : सञ्चारमन्त्री कार्की
६ फागुन,काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धनको अर्को बैठकले एमसीसीलाई निष्कर्षमा पुर्याउने बताएका छन् ।
आज गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री कार्कीले आजको बैठकमा संक्षिप्त छलफल भएको जानकारी दिए ।
उनले भने, सार्वभौम संसदमा छलफल गराएर निस्कर्षमा पुर्याउने विषयमा आज संक्षिप्त कुराकानी भयो । अर्को बैठक ८ गते बिहान १० बजे बसेर हामी यसलाई निर्णयमा पुर्याउँनेछौं ।
प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच हिजो भएको छलफल सकारात्मक रहेको समेत कार्कीले बताए । संसदलाई जीवन्त बनाउन प्रमुख प्रतिपक्षी दलको पनि त्यत्तिकै दायित्व र भूमिका हुने भन्दै उनले यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले ओलीसँग भेटघाट गरेको बताए ।
विपक्षी दलको नेताबाट एमसीसी परियोजनालाई निष्कर्षमा पुर्याउने प्रधानमन्त्रीको प्रस्तावका बारे सकारात्मक विमर्श भयो, उनले भने ।
सम्बन्धित समाचार
-
नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
Leave a Reply