रुसले बाल अस्पतालमा आक्रमण गरेको युक्रेनको दाबी

२६ फागुन, काठमाडौं । रुसले युक्रेनको मरियुपोलस्थित एक बाल अस्पतालमा बमबारी गरेको र त्यसबाट १७ जना घाइते भएको युक्रेनका अधिकारीहरुले दाबी गरेका छन् । मिडिया रिपोर्टस्का अनुसार रुसी आक्रमणबाट सो अस्पताल पूर्णरुपमा नष्ट भएको छ ।
यो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आक्रोश व्यक्त गर्दै युद्ध अपराधको संज्ञा दिएका छन् । उनले अस्पतालको अवस्थाको भिडियो फुटेज ट्वीट गर्दै रुसको बर्बरताप्रति विश्व कहिलेसम्म चुप लागेर बस्छ भनेर पनि प्रश्न गरेका छन् ।
संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले पनि अस्पतालमा गरिएको आक्रमणको निन्दा गरेका छन् ।
युक्रेनी राष्ट्रपतिले सो अस्पतालको भग्नावशेषमा बालबालिकाहरु दबेको हुनसक्ने बताएका छन् । मारियुपोलको सिटी काउन्सिलले हवाई आक्रमणबाट अस्पताल तहसनहस भएको र भारी क्षति पुगेको जनाएको छ । मिडिया रिपोर्टका अनुसार रुसी सेनाले बालअस्पतालमा थुप्रै बम खसालेका थिए र प्रसूति वार्डलाईसमेत निशाना बनाएका थिए ।
रुसले भने सो अस्पतालको भवनलाई खाली गराएर युक्रेनी सेनाले प्रयोग गरिरहेकाले आक्रमण गरेको जनाएको छ ।
युक्रेनमा रुसी आक्रमणको दुई हप्ता पुगिसकेको छ । रुसले आक्रमण सुरु गरेलगत्तै युक्रेनको बन्दरगाह शहर मारियुपोल, खार्किभ लगायतका शहरका अस्पतालहरुलाई जमिनमुनि बनाइएका भूमिगत सेल्टरमा स्थानान्तरण गरिएको समाचारहरु सार्वजनिक भएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply