रुसले बाल अस्पतालमा आक्रमण गरेको युक्रेनको दाबी
२६ फागुन, काठमाडौं । रुसले युक्रेनको मरियुपोलस्थित एक बाल अस्पतालमा बमबारी गरेको र त्यसबाट १७ जना घाइते भएको युक्रेनका अधिकारीहरुले दाबी गरेका छन् । मिडिया रिपोर्टस्का अनुसार रुसी आक्रमणबाट सो अस्पताल पूर्णरुपमा नष्ट भएको छ ।
यो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आक्रोश व्यक्त गर्दै युद्ध अपराधको संज्ञा दिएका छन् । उनले अस्पतालको अवस्थाको भिडियो फुटेज ट्वीट गर्दै रुसको बर्बरताप्रति विश्व कहिलेसम्म चुप लागेर बस्छ भनेर पनि प्रश्न गरेका छन् ।
संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले पनि अस्पतालमा गरिएको आक्रमणको निन्दा गरेका छन् ।
युक्रेनी राष्ट्रपतिले सो अस्पतालको भग्नावशेषमा बालबालिकाहरु दबेको हुनसक्ने बताएका छन् । मारियुपोलको सिटी काउन्सिलले हवाई आक्रमणबाट अस्पताल तहसनहस भएको र भारी क्षति पुगेको जनाएको छ । मिडिया रिपोर्टका अनुसार रुसी सेनाले बालअस्पतालमा थुप्रै बम खसालेका थिए र प्रसूति वार्डलाईसमेत निशाना बनाएका थिए ।
रुसले भने सो अस्पतालको भवनलाई खाली गराएर युक्रेनी सेनाले प्रयोग गरिरहेकाले आक्रमण गरेको जनाएको छ ।
युक्रेनमा रुसी आक्रमणको दुई हप्ता पुगिसकेको छ । रुसले आक्रमण सुरु गरेलगत्तै युक्रेनको बन्दरगाह शहर मारियुपोल, खार्किभ लगायतका शहरका अस्पतालहरुलाई जमिनमुनि बनाइएका भूमिगत सेल्टरमा स्थानान्तरण गरिएको समाचारहरु सार्वजनिक भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply