विश्वको १० प्रदूषित सहरको सूचीभित्र काठमाडौं
९ चैत, काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरमा खराब १० भित्रको सूचीमा परेको छ । मंगलबार विहान ९.४५ बजेको तथ्यांकअनुसार काठमाडौंको वायु विश्वको ९औं प्रदूषित सहरभित्रको सूचीमा छ ।
वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मंगलबार काठमाडौं विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा थियो । स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर ‘अस्वस्थकर’ स्तरमा छ ।
केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल सफा छैन । बिहान तुवाँलोले वायुमण्डल ढाकिरहेको छ । आँखा पिरो हुने, चिलाउने र नाक पोल्ने अनुभव हुन थालेको छ । गत वर्ष सरकारले प्रदूषण बढेपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय नै लिनु परेको थियो ।
पोलुनस डट जीओभी डट एनपीका अनुसार बुधबार कीर्तिपुर क्षेत्रको वायुमण्डल बढी प्रदूषित छ । पोखरा, सिमारा, भरतपुर, धनकुटा र नेपालगञ्ज क्षत्रेको वायू पनि प्रदूषित अवस्थमा पुगेको छ ।
नेपाल सरकारले पनि काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषण आपत्कालसम्बन्धी व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्यूआई नाघेपछि विपद् घोषणा गर्ने भनिएको छ । अहिले काठमाडौंको एक्यूआई १६०को हाराहारीमा छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
Leave a Reply