राष्ट्रपतिद्वारा सीता जयन्तीका अवसरमा शुभकामना

२७ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएकी छन् ।
राष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरका अवसरमा शुभकामना दिएकी हुन् ।
प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ ।
माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृ शक्तिको भूमिकाले हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचय दिन्छ ।
युग व्यतीत भएपछि इतिहासका कतिपय पक्ष वर्तमानका परम्परा वा संस्कृतिमा रूपान्तरण हुन्छन् । वैदिक सभ्यताका धेरै मानक ग्रन्थमा सीता उत्पत्तिका कथा पाइएको हुनाले माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ ।
सनातन संस्कृतिमा नारी शक्तिको महत्व दर्शाउने पर्वका रूपमा सीता जयन्तीलाई हामीले ग्रहण गर्नुपर्ने शुभकाना सन्देशमा भनिएको छ ।
जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामलाई श्रद्धापूर्वक लिइने गरिएको छ । एक वीराङ्गनाका रूपमा समेत परिचित जनकनन्दिनी सीतासँग कैयन शूरवीरले समेत उचाल्न नसक्ने भीमकाय शिवधनुलाई आफू बालिका छँदै सजिलै उठाउन सक्ने असाधारण क्षमता रहेको जनविश्वास छ ।
आदर्श नारीका रूपमा सम्मानित माता सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु हामी सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख छ ।
सीता जयन्तीको यस पावन दिवसले लैङ्गिक असमानतालगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपति भण्डारीको छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणमा गरिएको छ ।
सम्बन्धित समाचार
-
एमालेको जनमत यथावत छ : उपमहासचिव ज्ञवाली
-
मतदानपछि फर्किंदै गर्दा एक वृद्धको मृत्यु
-
प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण
-
आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने
-
एमाले प्रवेश गरे पुण्य गौतम
-
निर्वाचनका दिन सबै आन्तरिक उडान बन्द हुने
-
प्रधानमन्त्री पदका लागि देउवाले पार्टी सिध्याउँदैछन् : ओली
-
प्रचण्डको अभिव्यक्तिमाथि निर्वाचन आयोगले थाल्यो छानबिन
-
गठबन्धन बाँडीचुँडी खान र खुवाउन मात्रै हो : ओली
-
नेपालको शानदार जित : जिम्बावे ए ९ विकेटले पराजित
-
सत्ता गठबन्धनले काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै
-
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न विराटनगरमा देउवा
Leave a Reply