१९ माघ २०७९, बिहीबार ०९:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संसद प्रतिपक्षको हो : सभामुख घिमिरे
१९ माघ,काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद पूर्णतः प्रतिपक्षीको हुने बताएका छन् । संसदीय प्रक्रिया र अभ्यासबारे प्रतिनिधिसभा सदस्यहरूका लागि आ (बिहीबार) आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूले संविधान, कानुन र विधिभित्र रहेर संसद् सञ्चालन गर्न प्रयास गर्ने बताए ।
मेरो विचारमा संसद् पूर्णतः प्रतिपक्षीको हो । प्रतिपक्षीहरूलाई सरकारका राम्रा नराम्रा कामका विषयमा प्रभावकारी ढंगबाट अभिव्यक्ति गर्ने र जनताको अगाडि भूमिका देखाउने कार्यका लागि संसद् सर्वोत्तम निकाय हो, उनले भने, ‘तर यसका लागि संसद्भन्दा सरकारको काम बढी हुन्छ । सरकारले जिम्मेवार भएर प्रस्तुत हुने र जवाफ दिने भएको अवस्थामा मात्रै हाम्रो संसदीय प्रक्रिया पूर्ण हुन्छ । उनले यस कार्यकालको असल संसदीय अभ्यासले संसद्को गरिमालाई थप बढाउने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply