संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको छ : राष्ट्रपति भण्डारी
२७ माघ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको बताएकी छिन् । शुक्रवार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्तिपूर्ण भूमिका खेल्ने नेपाल सरकार निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी तथा जनताहरूलाई धन्यवाद दिइन् ।
उनले नेपालको संविधान कार्यान्वयनको ७ वर्षको अभ्यास र अनुभव महत्त्वपूर्ण रहेको बताउँदै सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको उल्लेख गरिन् । उनले भनिन्– संविधान कार्यान्वयन, सङ्घीय शासन व्यवस्था कार्यान्वयन र सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अवलम्बन गरेका नीति निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ । देशलाई यहाँसम्म ल्याइपुर्याउन जनताले विगतमा गरेको राजनीतिक संघर्षको स्मरण गर्दै यस घडीमा अग्रजहरूप्रति सम्मान र अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
उनले अघिल्लो सङ्घीय संसद् र हालको सङ्घीय संसद्ले आफूलाई काम गर्न सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरिन् ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
Leave a Reply