बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा, आजै केही मन्त्रीको शपथ

१५ चैत, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । सत्तारुढ दलका तर्फबाट आजै केहि मन्त्रीहरु चयन गरेर शपथ गराउने तयारी छ ।
अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरु छन् ।
अहिले शीर्ष नेताहरुबीच छलफल चलिरहेको र पहिलो चरणको मन्त्रिमण्डल आज विस्तार गरी आजै शपथको समेत तयारी भइरहेको जनाइएको छ । यसअघि बुधबार विहान पनि गठबन्धनका दलबीच छलफल भएको थियो । नेताहरुका अनुसार प्रत्येक दलबाट कम्तीमा एक जनालाई मन्त्री बनाउने तयारी छ ।
नेकपा एकीकृत समाजवादीले उपमहामन्त्री प्रकाश ज्वलालाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष नाम दिएको छ । यस्तै, एकीकृतबाट उपाध्यक्ष बेदुराम भुसाल समेत मन्त्री बन्ने सूचीमा छन् । नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काको नाम पनि चर्चामा छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply