बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा, आजै केही मन्त्रीको शपथ
१५ चैत, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । सत्तारुढ दलका तर्फबाट आजै केहि मन्त्रीहरु चयन गरेर शपथ गराउने तयारी छ ।
अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरु छन् ।
अहिले शीर्ष नेताहरुबीच छलफल चलिरहेको र पहिलो चरणको मन्त्रिमण्डल आज विस्तार गरी आजै शपथको समेत तयारी भइरहेको जनाइएको छ । यसअघि बुधबार विहान पनि गठबन्धनका दलबीच छलफल भएको थियो । नेताहरुका अनुसार प्रत्येक दलबाट कम्तीमा एक जनालाई मन्त्री बनाउने तयारी छ ।
नेकपा एकीकृत समाजवादीले उपमहामन्त्री प्रकाश ज्वलालाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष नाम दिएको छ । यस्तै, एकीकृतबाट उपाध्यक्ष बेदुराम भुसाल समेत मन्त्री बन्ने सूचीमा छन् । नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काको नाम पनि चर्चामा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply