प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
२२ चैत,काठमाडौं । आवश्यकता विना सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तत्कालीन प्रमुख अधिकृत विश्वराज मरासेनी, लेख अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवविरुद्ध आयोगले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
नगरपालिकाको जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणाली समेतको सप्टवेयर खरिद तथा जडान-विस्तार गर्ने कार्यका लागि टिप्पणी पेश तथा सप्टवेयर खरिद कार्यको स्वीकृति गरी एक लाख ९९ हजार ८९७ रुपैयाँ भुक्तानी गरी सफ्टवेयर खरिद गरेको तर प्रयोग नगरेको पाइएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
सफ्टवेयर खरिदमा भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा सरकारी सम्पत्ति बदनियतपूर्वक हानी–नोक्सानी गरेको पाइएको अख्तियारको ठहर छ । उनीहरूमाथि १ लाख ९९ हाजर ८९७ रुपैयाँ कसूर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (३) बमोजिम सजायको मागदावीसहित आरोप पत्र दायर भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
Leave a Reply