प्रदेशको नामको विरोधमा आन्दोलन गर्नुको औचित्य छैन : ओली
१४ वैशाख, इलाम । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोशी’ प्रदेश नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकै ठाउँमा समेटेको दावी गरेका छन् । उनले प्रदेश सबैको साझा भएको भन्दै नाम परिवर्तन गर्न जनताको मत जितेर दुई तिहाई पुर्याउन आन्दोलनकारीलाई चुनौती दिए ।
इलाम सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशको नामको विरोधमा भइरहेको आन्दोलन औचित्यपूर्ण नभएको बताएका छन् । उनले अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शन आतंककारी क्रियाकलाप, उद्दण्डता भइरहेको जनाए । ‘प्रदेशको नाम एउटा प्रक्रियाबाट टुंगिएको हो, उनले भने, परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाई ल्याउनुस्, परिवर्तन गर्नुस्, हामी मान्छौं,’ उनले भने, यो नाम सबै दलले दुईतिहाई बढी मतले पास भएको हो ।
ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रुख ढालेर बाटो अवरोध गरेका थिए । तर, ओली अवरोध चिर्दै इलाम बजार पुग्दा उनलाई कालोझण्डा देखाइएको थियो । बैठकमा जिल्ला परिषद् तथा विभागीय पदाधिकारी र सदस्य, पालिका र इलाका कमिटीका पदाधिकारी, जनसंगठन, पेसागत संगठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं वडा र शाखा कमिटी अध्यक्ष सहभागी हुने एमाले जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए ।
अध्यक्ष ओलीले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरी सुरक्षाकर्मीमाथिको भौतिक हमलामा प्रचण्ड–माधवका कार्यकर्ता संलग्न रहेको दाबी गरेका छन् ।
अध्यक्ष ओलीले प्रहरीलाई हड्डी भाँच्ने क्रममा पक्राउ परेकाहरूको समर्थनमा माओवादी र नेकपा एसका नेताहरू छुटाउँछौ भन्दै गएको बताए । अध्यक्ष ओलीले एमालेले सहनुको अर्थ कमजोर भएर होइन भन्दै प्रतिकार गर्नु परेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
ओलीले भने, हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरू को हुन् ? प्रदेशको नाम के राख्ने कोशी राख्ने कि सगरमाथा राख्ने ? ड्यूटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलब ? जागिर खाएर ड्यूटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् । अर्को हवल्दारको हड्डी भाँचिएको छ । यो राजनीति हो ? यिनीहरूले हो कोशी प्रदेश बनाएको ? यी मान्छेहरूलाई समाउँदा प्रचण्ड र माकुनेका मान्छे कुदेर पुगेछन् छुटाउँछौ भन्दै ।
अध्यक्ष ओलीले कोशी प्रदेशमा भइरहेका अराजक घटनाहरुमा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखिएको भन्दै आफूहरू सरकारको व्यवहार हेरिरहेको बताए ।
ओलीले भने, यी घटनामा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखियो । हामी सरकारको व्यवहार हेर्छौं । हामी कसैसँग निहुंँ खोज्न जाँदैनौं, झगडा गर्न जाँदैनौं । तर, अति भयो भने जवाफी कारबाही गर्नुपर्ने हुन्छ । त्यो अलिकति महँगो पर्न सक्छ । जो प्रहरी भाइहरु घाइते भएर अस्पतालमा भर्ना भएका छन् उनीहरूमाथिको आक्रमणमा प्रचण्ड–माधवका कार्यकर्ता संलग्न छन् । अध्यक्ष ओलीले आफूलाई इलाम नजान समेत धम्की आएको भन्दै हिम्मत भए सामुन्ने पर्न चेतावनी दिए । बैठकमा उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेता सहभागी छन् ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
Leave a Reply