३१ बैशाख २०८०, आईतवार ११:०६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
परराष्ट्रमन्त्री साउदको बंगलादेशकी प्रधानमन्त्री हसिनासँग भेटवार्ता
३१ वैशाख, काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले ढाकामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूले दुई मुलुकबीच सीमापार कनेक्टीभीटी, व्यापार, पारवहन, उर्जा र शिक्षालगायत समग्र अन्य विषयलाई अघि बढाउने बारेमा छलफल गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।
साउद शुक्रबार र शनिबार ढाकामा भएको ‘छैटौं इण्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन त्यहाँ गएका हुन् । ऊर्जा व्यापार सम्वन्धमा जेठ १ र २ गते नेपाल र बंगलादेशबीच ढाकामा छुट्टै बैठक समेत आयोजना गरिएको छ । बंगलादेश र भारतका साथै सिंगापुरको अन्तराष्ट्रिय विषय अध्ययन केन्द्रको सहआयोजनामा छैठौं हिन्द महासागर सम्मेलन आयोजना गरिएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
Leave a Reply