काभा महिला भलिबल : फाइनल पुग्न आज नेपालले कजाकिस्तानको सामना गर्दै
१२ जेठ, काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज (शुक्रबार) नेपालले बलियो प्रतिद्वन्द्वी कजाकिस्तानको सामना गर्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल र कजाकिस्तान भिड्न लागेका हुन् ।
उक्त खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ । दुबै टोली उक्त खेलमा एकअर्कालाई हराएर प्रतियोगिताको फाइनलमा स्थान बनाउने योजनामा छन् । नेपाल समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त समूहबाट भारत पहिलो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । कजाकिस्तान भने समूह ’बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
शुक्रबार नै पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानको सामना गर्नेछ । उक्त खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । राखेपको विशेष सहयोग र नेपाल भलिबल संघको आयोजनामा जारी उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र कजाकिस्तानको सहभागिता रहेको छ ।
सम्बन्धित समाचार
-
नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply