काभा महिला भलिबल : फाइनल पुग्न आज नेपालले कजाकिस्तानको सामना गर्दै
१२ जेठ, काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज (शुक्रबार) नेपालले बलियो प्रतिद्वन्द्वी कजाकिस्तानको सामना गर्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल र कजाकिस्तान भिड्न लागेका हुन् ।
उक्त खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ । दुबै टोली उक्त खेलमा एकअर्कालाई हराएर प्रतियोगिताको फाइनलमा स्थान बनाउने योजनामा छन् । नेपाल समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त समूहबाट भारत पहिलो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । कजाकिस्तान भने समूह ’बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
शुक्रबार नै पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानको सामना गर्नेछ । उक्त खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । राखेपको विशेष सहयोग र नेपाल भलिबल संघको आयोजनामा जारी उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र कजाकिस्तानको सहभागिता रहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
Leave a Reply