भारतमा भारी वर्षाका कारण कम्तीमा ५१ जनाको मृत्यु
३० साउन,नयाँदिल्ली । भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । चार सय बढी सडक अवरुद्ध बनेका छन्
केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा सवारी साधन बगाएको छ, भवन र पुलहरू भत्किएका छन् । बाढी र पहिरो सामान्य कुरा हो र यसले भारतको जोखिमपूर्ण मनसुनको मौसममा व्यापक विनाश निम्त्याउँछ । विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले यसको आवृत्ति र गम्भीरता बढाइरहेको छ ।
सबैभन्दा बढी प्रभावित राज्य हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले पछिल्लो २४ घण्टामा कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ‘स्थानीय प्रशासनले अझै फसेका व्यक्तिहरूको उद्धार का लागि भग्नावशेष हटाउन लगनशीलताका साथ काम गरिरहेको छ’, मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सुखुले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र नदी नजिक नजान आग्रह गरेका छन् । प्रभावित हिमाञ्चल राज्यका विद्यालयहरू बन्द गरिएको उनले बताए । छिमेकी राज्य उत्तराखण्डमा भारी वर्षाका कारण पहिरो जाँदा मानिसहरू पुरिएको आशङ्कामा उद्धार टोलीहरू भग्नावशेष हटाउन निरन्तर खटिरहेका छन् । मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा ल्याउँछ र यो कृषि र लाखौंको जीविकोपार्जनका लागि महत्वपूर्ण छ । तर यसले हरेक वर्ष पहिरो र बाढीको रूपमा विनाश पनि ल्याउँछ ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
इस्लामाबादमा ठूलो कूटनीतिक हलचल: अमेरिका–इरान वार्ता सुरु
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply