भारतमा भारी वर्षाका कारण कम्तीमा ५१ जनाको मृत्यु
३० साउन,नयाँदिल्ली । भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । चार सय बढी सडक अवरुद्ध बनेका छन्
केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा सवारी साधन बगाएको छ, भवन र पुलहरू भत्किएका छन् । बाढी र पहिरो सामान्य कुरा हो र यसले भारतको जोखिमपूर्ण मनसुनको मौसममा व्यापक विनाश निम्त्याउँछ । विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले यसको आवृत्ति र गम्भीरता बढाइरहेको छ ।
सबैभन्दा बढी प्रभावित राज्य हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले पछिल्लो २४ घण्टामा कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ‘स्थानीय प्रशासनले अझै फसेका व्यक्तिहरूको उद्धार का लागि भग्नावशेष हटाउन लगनशीलताका साथ काम गरिरहेको छ’, मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सुखुले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र नदी नजिक नजान आग्रह गरेका छन् । प्रभावित हिमाञ्चल राज्यका विद्यालयहरू बन्द गरिएको उनले बताए । छिमेकी राज्य उत्तराखण्डमा भारी वर्षाका कारण पहिरो जाँदा मानिसहरू पुरिएको आशङ्कामा उद्धार टोलीहरू भग्नावशेष हटाउन निरन्तर खटिरहेका छन् । मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा ल्याउँछ र यो कृषि र लाखौंको जीविकोपार्जनका लागि महत्वपूर्ण छ । तर यसले हरेक वर्ष पहिरो र बाढीको रूपमा विनाश पनि ल्याउँछ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- भारतमा ९२ सांसद निलम्बित
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
Leave a Reply