सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा
१ भदौ,कैलाली । सुदूरपश्चिमको महत्त्वपूर्ण पर्व ओल्के मनाउन आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो ।
आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो मसिनो खानु, हात-खुट्टामा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
यो पर्वका दिन विवाहित छोरीलाई माइत बोलाएर सेल रोटी, माणा, निसौसे, डुब्कीलगायतका मिष्टान्न परिकार खुवाउने प्रचलन छ ।
आजकै दिन सुदूरपश्चिममा ‘बूढी हाल्ने’ प्रचलन पनि छ । गाउँघर नजिकको अग्लो ठाउँमा जम्मा भएर रूख बिरुवाका हाँगा र झ्याङको थुप्रो बनाउँदै ‘बूढी हाल्ने’ गरिन्छ ।
साँझ सबै जम्मा भएर हाँगा र झ्याङको थुप्रोलाई पोल्ने गरिन्छ । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ ।
बूढी पोल्ने काम गर्दा अनिष्ट नआउने लोक विश्वास छ ।
सम्बन्धित समाचार
-
नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply