२५ चैत्र २०८२, बुधबार ०७:२८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले हालै नेपाल सरकारको निर्णयअनुसार नियमित कारोबार समय पुनः सञ्चालन हुने सम्बन्धमा सबै सरोकारवालाहरूलाई जानकारी गराउँदै एक सार्वजनिक सूचना जारी गरेको छ।
वि.सं. २०८२ साल चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८२ चैत २३ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय स्वीकृत गरेको छ। उक्त निर्णयअनुसार अब सरकारी कार्यालयको समय बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म रहनेछ भने शनिबार र आइतबार सार्वजनिक बिदा रहनेछ।
यसै निर्णयलाई ध्यानमा राख्दै नेप्सेको सञ्चालक समितिले पनि चैत २२ गतेकै बैठकबाट धितोपत्र कारोबार नियमित समयअनुसार सोमबारदेखि शुक्रबार (शुक्रबार समेत) सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। नेप्सेले सबै सम्बन्धित पक्षहरूलाई नयाँ तालिका अनुसार आफ्ना कारोबार योजना बनाउन अनुरोध गरेको छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply