पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
काठमाडौं — पठाओ नेपालले यशु थकालीलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको छ। कम्पनी स्थापना भएको सुरुवाती चरणदेखि नै टिममा आबद्ध थकाली विगत आठ वर्षदेखि पठाओ नेपालको विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्।
कम्पनीका अनुसार थकालीले नेपालसँगै बङ्गलादेशमा पनि पठाओको राइड सेयरिङ तथा फुड डेलिभरी सेवाको विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन्। हाल उनी पठाओ ग्रुपमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।
नयाँ नेतृत्वसँगै पठाओ नेपालले डिजिटल अर्थतन्त्रलाई थप मजबुत बनाउने रणनीति अघि सारेको जनाएको छ। कम्पनीले आगामी दिनमा पार्सल डेलिभरी, फुड डेलिभरी, इ–कमर्स, मोबिलिटी तथा अन्य डिजिटल सेवाहरूलाई एउटै प्लेटफर्ममार्फत विस्तार गर्ने तयारी गरेको छ।
कम्पनीले थकालीको नेतृत्वले प्रविधिमा आधारित सेवाको विस्तारसँगै प्रयोगकर्तालाई थप सहज र प्रभावकारी डिजिटल सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
सम्बन्धित समाचार
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
Leave a Reply