२९ बैशाख २०८३, मंगलवार ११:०३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्री बनेको पहिलो ३० दिनमै आफूले करिब ३ सय निर्णय गरेको बताएका छन्।
अर्थ समितिको बैठकमा बोल्दै उनले अहिले आफू अधिकांश समय मन्त्रालयमै बिताइरहेको र दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेको बताए।
“३० दिनमा ३ सय वटा निर्णय गरेको रहेछु,” वाग्लेले भने, “व्यस्तताका बीच पनि सांसदहरूको कुरा सुन्ने प्रयास गरिरहेको छु, चाहे छोटो समय उभिएरै किन नहोस्।”
उनले मन्त्रालयको कामलाई प्राथमिकता दिँदै उद्घाटन, माला-खादा, समारोह र बाहिरी कार्यक्रममा जाने क्रम लगभग बन्द गरेको पनि खुलाए।
वाग्लेको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले ‘काम गर्ने मन्त्री’ भन्दै प्रशंसा गरेका छन् भने केहीले निर्णयको संख्या भन्दा परिणाम महत्त्वपूर्ण हुने टिप्पणी गरेका छन्।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply