भृकुटीमण्डपमा बाइक प्रेमीको भीड, बजाज मेलामा विशेष छुट र उपहार
काठमाडौँ । बजाजले ‘बजाज एक्सचेन्ज कार्निभल’ अन्तर्गत काठमाडौँको भृकुटीमण्डप मा विशेष एक्सचेन्ज मेला सञ्चालन गरेको छ । गत सोमबारदेखि सुरु भएको मेला आगामी आइतबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
बजाजका सेल्स एचओडी नरेन्द्र गौतम का अनुसार मेलामा उपत्यकाभित्रका २२ भन्दा बढी भ्यालुएटर सहभागी रहेका छन् । मेलामा ग्राहकहरूले जुनसुकै कम्पनीका पुराना मोटरसाइकल वा स्कुटर ल्याएर नयाँ बजाज मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्ने व्यवस्था गरिएको छ ।
उनका अनुसार एउटै डिलर वा स्टलबाट मात्रै एक्सचेन्ज गर्नुपर्ने बाध्यता नरहेको र ग्राहकले विभिन्न स्टलमा गएर आफ्नो सवारी साधनको भ्यालुएसन गराउन सक्नेछन् । “ग्राहकले आफूलाई उपयुक्त मूल्य पाएपछि नयाँ मोटरसाइकल लिएर जान सक्नुहुन्छ,” उनले बताए ।
मेलाको अर्को विशेष आकर्षण भनेको अन-द-स्पट फाइनान्स सुविधा रहेको छ । हुलास फाइनान्स मार्फत नागरिकताको आधारमा सहज फाइनान्स सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, “जरिवाना र कर, बजाजले गर्छ कभर” भन्ने योजनाअन्तर्गत लामो समयदेखि कर नतिरेका वा जरिवाना लागेको मोटरसाइकललाई पनि एक्सचेन्जमा समावेश गरिएको छ । यस्तो अवस्थामा लाग्ने कर तथा जरिवाना रकम बजाजले नै व्यहोर्ने व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।
मेलामा नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकलाई हेल्मेट, लेगगार्ड लगायतका फ्री एसेसोरिज पनि उपलब्ध गराइँदैछ । आयोजकका अनुसार मेलाप्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढ्दो छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply