सामान्यबाटै केरुङको सेटिङ
काठमाडौं । सामान्यतया सामान्य प्रशासन मन्त्रालयमा बसेका कर्मचारीहरूको ध्यान कर्मचारी प्रशासन सरुवाबढुवा र उनीहरूको समायोजनमा हुनुपर्छ । तर, अहिले मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा रहेका एक कर्मचारी भने पेचिलो बन्दै गएको कर्मचारी समायोजनको मुद्दामा भन्दा पनि अन्यत्र नै ध्यान केन्द्रित गरिरहेका छन् ।
प्रसंग सहसचिव केदार पनेरूको हो । यसअघि उपसचिव हुँदा केरुङ भन्सार प्रमुख रहेका उनी बढुवापछि सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय आएका छन् । त्यहाँ पनि महŒवपूर्ण मानिने र रोजेकै कर्मचारी प्रशासन महाशाखाको प्रमुख बनाइएको छ । तर उनको ध्यान भने मुलुकको प्रमुख भन्सार मानिने रसुवा जिल्ला स्थित केरुङ भन्सारमा छ । तातोपानी नाका बन्द भएपछि तातोपानीलाई केन्द्र बनाएर तस्करी गर्ने गिरोह पनि केरुङतिरै सरेको छ । राजस्व सचिव शिशिर ढुंगाना भएका बेला सेटिङ मिलाएर केरुङमा बस्न र पर्याप्त कमाउन सफल पनेरूको त्यही स्थानका रक्तचन्दन व्यापारीहरूसँग राम्रो हिमचिम रहेको बताइन्छ । उनले सो स्थानमा रहँदा आफ्ना खड्का थरका भान्जालाई पनि तिनीहरूसँग अघोषित साझेदार बनाई काम गरेको आरोप लागेको छ ।
मुख्यतः त्यहाँबाट बच्चु पौडेल, विष्णु खत्री, अमृत श्रेष्ठलगायतसंग पुरानो सेटिङअनुसार काम गराउन अझै पनि पनेरू मन्त्रालयबाटै केन्द्रित भएको बुझिएको छ । त्यति मात्र होइन, उनले मन्त्री लालबाबु पण्डितलाई नै अप्ठ्यारो पार्नेगरी मापदण्डविपरीत आग्रह–पूर्वाग्रह र आर्थिक सेटिङका आधारमा समायोजन प्रक्रियामा आफ्ना निकटहरूलाई छान्न थालेको बताइएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply