एनआईसी एसिया परिसूचक उत्साहजनक
काठमाडौ । एनआई सी एसिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण मिति २०७५ माघ २१ गते सार्वजनिक गरेको छ । सबै वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक छन् । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक बिन्दुगत आधारमा १७२ प्रतिशत (१ अर्ब ३५ करोड रुपैयाँ) ले वृद्धि गरी २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा १६४ प्रतिशत (९४ करोड रुपैयाँ) को वृद्धिसहित १ अर्ब ५१ करोड रुपैयाँको खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा ५७.१८ करोड रुपैयाँ रहेको थियो । बंैकले वार्षिक बिन्दुगत आधारमा ५३ प्रतिशत (७४ अर्ब रुपैयाँ) वृद्धि गरी वासालातको आकार २ सय १४ अर्ब रुपैयाँ पु¥याउन सफल भएको छ । जसअन्तर्गत कर्जातर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (४८ अर्ब रुपैयाँ) को वृद्धि गरी १४९.३ अर्ब रुपैयाँ निक्षेप संकलनतर्फ वार्षिक बिन्दुगत आधारमा ४६ प्रतिशत (५५ अर्ब रुपैयाँ) को वृद्धि गरी १७५.७६ अर्ब पु¥याउन सफल भएको छ । उक्तवृद्धि नेपाली बंैकिङ इतिहासमा कुनै पनि बैंकले वार्षिक बिन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हालसम्मकै उच्च वृद्धि हो ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७५ शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply