जाडो सकिने बेला सिरक वितरण ?
काठमाडौं । ‘कहीँ नभएको जात्रा, हाडी गाउँमा’ भन्ने उखान त्यसै बनेको होइन रहेछ । काठमाडौंको पश्चिमी भेगमा रहेको नागार्जुन नगरपालिकाका पदाधिकारीहरूले केही दिनअघि जात्रा देखाएका छन् ।
जाडो सकिएर गर्मी मौसम भित्रिनै लाग्दा नागार्जुन नगरपालिकाको दुई वडाले वृद्धवृद्धाहरूका निम्ति सिरक वितरण गरेका छन् । जाडोका लागि वितरण गर्नुपर्ने सिरक गर्मी लाग्ने बेलामा किन वितरण गरियो ? आश्चर्यको विषय बनेको छ ।
गएको आइतबार प्रदेशसभाका सांसद प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा ती दुई वडामा सिरक वितरण गरिएको हो । सांसद श्रेष्ठले पहिलो दिन वडा २ का सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धालाई सिरक वितरण गरेका थिए भने पछिल्लो दिन वडा ३ का वृद्धवृद्धालाई सिरक वितरण गरिएको थियो ।
ती दुवै वडामा नगरपालिकाको बजेटबाट सिरक वितरण गरिएको हो । अहिले सो नगरपालिकामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत मेयर छन् । तर, मेयरमा कांगे्रसले जिते पनि बहुमत भने नेकपाकै छ । नेकपाकी सुशीला अधिकारी उपमेयर छिन् भने बहुमत वडामा नेकपाकै अध्यक्षहरूले जितेका छन् । बोर्डमा पनि नेकपाकै बहुमत छ ।
जाडो सकिनै लाग्दा वृद्धवृद्धालाई सिरक वितरण गर्ने ती दुवै वडामा पनि नेकपाले नै चुनाव जितेका छन् । तर, जाडो लाग्ने बेलामा वितरण गर्नुपर्ने सिरक नगरपालिकाले किन गर्मी मौसम सुरु हुने बेला वितरण ग¥यो ? सबै चकित परेका छन् ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply